१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारपछि नेपाली महिलालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ

१६ माघ २०७९, सोमबार ११:४८

माघ १६, विराटनगर | नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको जनाएको छ। 

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने,‘हिजो म्याद थप्यौं, अहिले घटनाको अनुसन्धान भइरहेको छ।’

माघ १२ गते बिहीबार बिहान विराटनगरको रोडशेष चोकस्थित एउटा होटलमा एक जना महिला काम खोज्दै आइपुगेकी थिइन्। झापा घर बताउने २७ वर्षीया ती महिलाको साथमा १४ वर्षीया बालिका पनि थिइन्। उनी महिलाकी दिदीको छोरी भएको खुलेको छ।

होटल सञ्चालकले होटलको काममा सघाउने गरी उनलाई काम दिने तर इमान्दारीपूर्वक काम गर्नुपर्ने बताएर काम दिए।

पक्राउ परेका दुबै जना भारतीय नागरिक केही दिनदेखि त्यही होटलमा बसिरहेका थिए। कामको खोजीमा आएकी  महिला र बालिकालाई नियालिरहेका उनीहरूले  राम्रो काममा लगाइदिने प्रलोभन देखाउन थाले। त्यही क्रममा महिलामाथि दुई भारतीयले त्यही राती जबरजस्ती गरेको खुलेको प्रहरीको भनाइ छ।

‘प्रलोभन देखाउने क्रममा नजिकको होटलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने भएछन्,’ मानव ओसारपसारविरूद्ध काम गरिरहेको संस्था साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने, ‘उनीहरूलाई भारत लैजाँदै गर्दा हामीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौं। उनीहरूले काममा लगाइदिने भनेर सानिमा र छोरीलाई लिएर जाँदै रहेछन्। हामीले नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो