४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालय नपाएको झोंकमा रास्वपाले सरकार छोड्छ भने हाम्रो भन्नु केही छैनः मातृका यादव

१७ माघ २०७९, मंगलवार ११:४८

माघ १७, काठमाडौँ | सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोंकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ। माओवादी केन्द्रका नेता मातृका यादवले मंगलबार कुरा गर्दै रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए।

‘हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन। सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म हामीले कुर्नुपर्छ। अहिलेको अवस्थामा गृह मन्त्रालय रास्वपालाई दिन सकिँदैन। हामीलाई समर्थनको कुनै कमी छैन,’ उनले भने।


उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए।

आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  बालुवाटारमा भेटेका थिए। भेटका क्रममा लामिछानेले पहिलाको भागबन्डाअनुसार गृह मन्त्रालय आफूलाई दिन भनेका थिए। उनको नागरिकता कायम नरहेको र उक्त नागरिकता पेस गरेर उनले जितेको सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री रहेका लामिछानेको पद गएको थियो।

माघ १३ गते गृहमन्त्रीबाट राजीनामा दिएका लामिछानेले माघ १५ मा प्रक्रिया पूरा गरेर पुरानो नागरिकता पुन: प्राप्ति गरेका छन्। फेरि नागरिकता लिएकै साँझ लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन अनुरोध गरेका थिए। प्रधानमन्त्री प्रचण्ड भने लामिछानेलाई फेरि गृहमन्त्री बनाउने पक्षमा छैनन्। मंगलबार दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ मान्छे गृहमन्त्री नबनाउने बताएका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ