९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

१८ माघ २०७९, बुधबार ०६:११

माघ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेट जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।


माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एमालेका अध्यक्ष तथा उच्च स्तरीय राजनीतिक समितिका संयोजक ओलीबीच वर्तमान राजनीति तथा राष्टपतिको निर्वाचनका विषयमा केन्द्रीत भएर छलफल भइरहेको सचिवालयको भनाइ छ । 

अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न १०ः३० बजे बालुवाटार पुगेका थिए । छलफलमा गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने विषयमा पनि छलफल हुनसक्ने बुझाई सचिवालयका सदस्यहरुको छ । पूर्व गृहमन्त्री रवि लामिछानेले सोही मन्त्रालयमा दावी गरिरहेका छन् । माओवादी केन्द्रका नेताहरुले भने सो मन्त्रालय पुनः लामिछानेलाई दिन नहुने अध्यक्ष प्रचण्डलाई दवाव दिएका छन् । 

लामिछानेले हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई छुट्टाछुट्टै भेट गरेर मन्त्रालयको जिम्मेवारीमा आउन चाहेको जनाएका थिए । एमाले अध्यक्ष ओलीले लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्रीलाई सुझाव दिए पनि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुको सुझावलाई ख्याल गर्दै मन्त्रालयको जिम्मेवारी लामिछानेलाई दिएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो