२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

२०७९, १८ माघ बुधबार ०६:११

माघ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेट जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।


माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एमालेका अध्यक्ष तथा उच्च स्तरीय राजनीतिक समितिका संयोजक ओलीबीच वर्तमान राजनीति तथा राष्टपतिको निर्वाचनका विषयमा केन्द्रीत भएर छलफल भइरहेको सचिवालयको भनाइ छ । 

अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न १०ः३० बजे बालुवाटार पुगेका थिए । छलफलमा गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने विषयमा पनि छलफल हुनसक्ने बुझाई सचिवालयका सदस्यहरुको छ । पूर्व गृहमन्त्री रवि लामिछानेले सोही मन्त्रालयमा दावी गरिरहेका छन् । माओवादी केन्द्रका नेताहरुले भने सो मन्त्रालय पुनः लामिछानेलाई दिन नहुने अध्यक्ष प्रचण्डलाई दवाव दिएका छन् । 

लामिछानेले हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई छुट्टाछुट्टै भेट गरेर मन्त्रालयको जिम्मेवारीमा आउन चाहेको जनाएका थिए । एमाले अध्यक्ष ओलीले लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्रीलाई सुझाव दिए पनि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुको सुझावलाई ख्याल गर्दै मन्त्रालयको जिम्मेवारी लामिछानेलाई दिएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी