११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भौतिक पूर्वाधारमन्त्री बन्न सुझाव

१८ माघ २०७९, बुधबार ०९:१८

माघ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आफ्नो अडानबाट पछि हटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रविको नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने अडान लिएपछि उनी निराश बनेका थिए । उनले सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमार्फत पनि प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयमा फर्कने दबाब दिएका थिए ।


ओलीले पनि पुष १० गतेको सहमतिबमोजिम गृहमन्त्रीमा रविलाई तत्काल नियुक्त गर्न दबाब दिएका थिए । तर, प्रधानमन्त्री दाहालले आफू कुनैपनि हालतमा गृहमन्त्राय अब अर्को दललाई नदिने अडानमा रहेको निश्कर्ष सुनाएपछि ओली र लामिछाने दुवै जना यतिवेला आफ्नो पूर्ववत् अडानबाट ब्याक भएका छन् । एमाले अध्यक्ष ओलीले नै अहिले सरकारबाट नबाहिरिन लामिछानेलाई आग्रह गरेका छन् ।

उनले नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म र राहदानीको विषय निक्र्यौल नभएसम्म भौतिक पूर्वाधारमन्त्री बन्न लामिछानेलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले पनि लामिछानेलाई भौतिक पूर्वाधामन्त्री बनाउन सकारात्मक जवाफ दिएका छन् । गृहमन्त्रालयको नेतृत्वमा फर्कँदा नैतिकताका प्रश्न हुने भन्दै दाहालले उनलाई गृहमन्त्रीमा नियुक्त नगरेका हुन् ।

लामिछानेले भने नैतिकताको प्रश्न आफूले सामाना गर्ने बताउँदै गृहको नेतृत्वमा नै फर्कने अडान लिएका थिए । अन्ततः प्रधानमन्त्री दाहालको अडानका सामू ओली र लामिछानेको केही लागेन् । ओलीले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर लामिछानेलाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिएर जान सुझाव दिएका छन् ।

लामिछाने ओलीको आग्रहपछि भौतिक पूर्वाधारमन्त्री बन्न तयार रहेको विश्वस्त सूत्रको दाबी छ । प्रधानमन्त्री दाहालले भने मन्त्रिपरिषद् हेरफेरको गृहकार्य थालेका छन् । उनले अहिले पार्टीका महासचिव देवप्रसाद गुरुङ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित