२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने अब जेल जान्छन्, प्रचण्ड र ओलीलाई पनि मुद्दा हाल्छुः पौडेल

२०७९, १८ माघ बुधबार १२:१४

माघ १८, काठमाडौँ | अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् ।‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी ओलीले गरेका छन् । अझै पनि गृहमन्त्री बनाउनुपर्छ भनिरहेका छन् । एउटा व्यक्तिले दुई देशको नाागरिकता र राहदानी राख्न पाइन्छ ? अमेरिकी नागरिकलाई नेपालको जासुसी गर्ने अधिकार छ ? गृह मन्त्रालयमा रहँदा उनले कति करोड खाएर अध्यागमन विभागको डीजी फेरे ? कति खाएर काठमाडौंको एपी सरुवा गरे ? म प्रश्न गर्न चाहन्छु । रवि लामिछाने अब जेल जान्छ । उसले कसुर गरेको छ । जेलबाट निस्केर जेसुकै बनोस्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।


रविलाई एमाले अध्यक्ष केपी ओलीले काखी च्यापेको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘म रविलाई मात्र होइन, १४ जनाको घाँटी रेटेर हत्या गर्ने केपी ओली र पाँच हजार जनाको हत्या गर्ने मार्ने प्रचण्डविरुद्ध पनि मुद्दा हाल्दैछु । ? ओली र प्रचण्ड गद्दार हुन् । देशद्रोही रविलाई एमाले अध्यक्ष केपी ओलीले किन काखी च्यापे ? हजारौं वर्ष नेपालमा बसेकाले नागरिकता नपाउने तर रविले एक घन्टामै पाउने ? काठमाडौंका सीडीओ किन थुरथुर कामेका छन् ?’

तपाईं रवि लामिछानेविरुद्ध किन यसरी लागिरहनुभएको छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘युवराज सफल एक्लै लडिरहेको छ । जीवनभरि लडिरहन्छ । युरोपियन युनियन, अमेरिका, ओली एन्ड दाहाल कम्पनीलगायत भ्रष्ट, दलाल, तस्कर, माफियाका नाइकेहरु रविको पक्षमा लागिरहेका थिए ।

उनीहरु परास्त भएका छन् । यो मुलुकमा सर्वोच्च अदालत पनि रहेछ । न्यायमूर्तिहरु पैसा र धम्कीसँग डराउँदा रहेनछन् । उनीहरुलाई उच्च सुरक्षा दिनुपर्छ भन्ने मेरो माग छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी