९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने अब जेल जान्छन्, प्रचण्ड र ओलीलाई पनि मुद्दा हाल्छुः पौडेल

१८ माघ २०७९, बुधबार १२:१४

माघ १८, काठमाडौँ | अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् ।‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी ओलीले गरेका छन् । अझै पनि गृहमन्त्री बनाउनुपर्छ भनिरहेका छन् । एउटा व्यक्तिले दुई देशको नाागरिकता र राहदानी राख्न पाइन्छ ? अमेरिकी नागरिकलाई नेपालको जासुसी गर्ने अधिकार छ ? गृह मन्त्रालयमा रहँदा उनले कति करोड खाएर अध्यागमन विभागको डीजी फेरे ? कति खाएर काठमाडौंको एपी सरुवा गरे ? म प्रश्न गर्न चाहन्छु । रवि लामिछाने अब जेल जान्छ । उसले कसुर गरेको छ । जेलबाट निस्केर जेसुकै बनोस्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।


रविलाई एमाले अध्यक्ष केपी ओलीले काखी च्यापेको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘म रविलाई मात्र होइन, १४ जनाको घाँटी रेटेर हत्या गर्ने केपी ओली र पाँच हजार जनाको हत्या गर्ने मार्ने प्रचण्डविरुद्ध पनि मुद्दा हाल्दैछु । ? ओली र प्रचण्ड गद्दार हुन् । देशद्रोही रविलाई एमाले अध्यक्ष केपी ओलीले किन काखी च्यापे ? हजारौं वर्ष नेपालमा बसेकाले नागरिकता नपाउने तर रविले एक घन्टामै पाउने ? काठमाडौंका सीडीओ किन थुरथुर कामेका छन् ?’

तपाईं रवि लामिछानेविरुद्ध किन यसरी लागिरहनुभएको छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘युवराज सफल एक्लै लडिरहेको छ । जीवनभरि लडिरहन्छ । युरोपियन युनियन, अमेरिका, ओली एन्ड दाहाल कम्पनीलगायत भ्रष्ट, दलाल, तस्कर, माफियाका नाइकेहरु रविको पक्षमा लागिरहेका थिए ।

उनीहरु परास्त भएका छन् । यो मुलुकमा सर्वोच्च अदालत पनि रहेछ । न्यायमूर्तिहरु पैसा र धम्कीसँग डराउँदा रहेनछन् । उनीहरुलाई उच्च सुरक्षा दिनुपर्छ भन्ने मेरो माग छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो