२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबाट बाहिरिन लागेको हो रास्वपा ?

२०७९, १९ माघ बिहीबार ०९:३८

माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । सरकारबाट बाहिरिने संंकेत दिएको रास्वपाको बैठक दिउँसो ३ बजे बस्दै छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न बैठक बोलाइएको हो,’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने ।
सरकारबाट बाहिरिन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘बैठकमा छलफल हुन्छ ।’ उनले सरकारबाट बाहिरिने या बस्ने स्पष्ट पारेनन् । तर, बैठकमा सबै सदस्यको धारणा लिएर ठोस निर्णय गर्ने रास्वपाको तयारी छ । स्रोतका अनुसार बैठकले सरकारबाट बाहिरिने वा बस्ने निर्णय लिनेछ ।

बैठक बस्नुअघि सभापति लामिछानेले गरेको ट्वीटले पनि त्यस्तै संकेत गर्छ । उनले समाजाकि सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला ।’ मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रविले गृह नपाए सरकारबाट बाहिरिने सन्देश दिएका थिए । राहदानी विवाद नटुंगिएको र अदालतको पूर्णपाठ नआएसम्म रास्वपालाई गृह नदिने अडानमा प्रधानमन्त्री  प्रचण्ड छन् । एमाले अध्यक्ष केपी ओलीलेसमेत रास्वपालाई गृह दिन दबाब दिए पनि प्रधानमन्त्री प्रचण्ड मानेका छैनन् । 
बिहीबार मोरङ पुगेर समेत अध्यक्ष ओलीले पूर्वसहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउने बताएका छन् । ‘सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउँछ,’ उनले भने, ’गृह मन्त्रालय नदिँदा विवाद हुनु स्वाभाविक हो ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी