९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल

२१ माघ २०७९, शनिबार १२:२३

माघ २१, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टीेको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउँछ भन्नुभयो ।

“सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ”, अध्यक्ष नेपालले भन्नुभयो । प्रतिवेदन प्रस्तुतका क्रममा उहाँले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने जानकारी गराउनुभयो ।

उहाँले थप भन्नुभयो, “हामी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता हौँ भनेर गौरव बोकेर पार्टी नीति, सिद्धान्तअनुसार काम गर्नुपर्छ ।” अध्यक्ष नेपालले नेपाली जनताले आफ्नो संविधान आफैँ निर्माण गर्नुपर्छ भन्ने मान्यताअनुसार राजा हटाएर संविधानसभाको निर्वाचन सम्पन्न गरी संविधान निर्माण गरेकाले त्यो संविधानप्रति बफादार भएर काम गर्नुपर्ने बताउनुभयो ।

उक्त प्रतिवेदनमा अध्यक्ष नेपालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गर्नुभएको छ । उहाँले प्रतिवेदनमा श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी मात्र रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो