माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै सामाजिक संजाल फेसबुकममा स्टाटस लेख्दै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्।
उनले आफूले जनतासंग सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट सिङ्गो देश र विदेशमा रहनुहुनेहरुले हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन् ।
लामिछानेले आइतबार जिल्ला प्राशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएर पुन:गृहमन्त्री बन्ने दाउमा रहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्म नहुँदा रास्वपा सरकारमा रहने या नरहेन भन्ने विषयमा पार्टीभित्र छलफल चलिरहेको छ।