९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह रास्वपालाई नै दिने ओलीको अडानपछि प्रचण्डको प्रश्न– मेरो पार्टीका अरुलाई प्रधानमन्त्री स्वीकार्नु

२२ माघ २०७९, आईतवार ०६:१२

माघ २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयसम्म पनि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिन प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् । पटक पटक भएको भेटमा उनले यस्तो अडान नछाडेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार ओलीले राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउन जानुअघिको सहमति पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका थिए । त्यस्तो अवस्थामा राष्ट्रपति एमालेले पाउनेछ भने गृह मन्त्रालय रास्वपाले नै पाउनेछ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि हालतमा रास्वपालाई गृह मन्त्रालय दिन तयार नभएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले अर्को कुनै मन्त्रालय दिन तयार रहेको तर रोजाइको मन्त्रालय दिन नसकिने अडान कायमै राखेका थिए । स्रोतले दिएको जानकारीअनुसार ओलीले गृह मन्त्रालय माओवादीले नै राख्ने भए भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रास्वपालाई दिन भनेका थिए ।

“हामीले गृह मन्त्रालय रास्वपालाई नभएर रविलाई हेरेर दिएका थियौँ,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले रवि सांसद पनि नभएको अवस्थामा उनलाई सरकारमा सहभागी गराउने कुरा कठिन छ । रास्वपाका अर्का व्यक्ति पठाउने भए अर्को कुनै मन्त्रालय दिन सकिन्छ,” दाहालको भनाई थियो ।

ओलीले भने रास्वपाले जसलाई पठाए पनि गृह मन्त्रालय दिनुपर्ने अडान राखेपछि दाहालले असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए– त्यसो भए हाम्रो पार्टीका कुनै पनि अरु सांसदलाई प्रधानमन्त्री स्वीकार्न तयार हुनुहुन्छ ?”

शनिबार बिहान भएको भेटमा पनि गृह मन्त्रालयका विषयमा सार्वजनिक टिप्पणी नगर्ने भनिए पनि विराटनगर पुगेर ओलीले रास्वपाले नै पाउनुपर्ने गरी दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री दाहालले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो