बैठकको गोपनीयता कायम राख्न"/>
बैठकको गोपनीयता कायम राख्न"/>
माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक अहिले केन्द्रीय कार्यालयमा जारी छ ।
बैठकको गोपनीयता कायम राख्न नेताहरूलाई मोबाइल बोक्न रोक लगाइएको एक केन्द्रीय सदस्यले बताए । यसअघि बैठककै क्रममा सञ्चारमाध्यममा सूचना लिक भएको भन्दै मोबाइलमा रोक लगाइएको हो ।
सबै केन्द्रीय सदस्य र सांसदहरूको मोबाइल एकै ठाउँमा जम्मा गरेर राखिएको छ । बैठकपछि सभापति रवि लामिछानेले नै पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी दिनेछन् ।