२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिडियाप्रति रवि लामिछानेलेको आक्रोशै आक्रोश

२०७९, २२ माघ आईतवार ११:०३

माघ २२, काठमाडौँ | सरकार छाड्ने निर्णय सुनाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापतिले नेपाली सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन्।

पार्टीको बैठक सकिएपछि भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेले निकैबेर नेपालका ठूला सञ्चारमाध्यमले आफू र आफ्नो पार्टीप्रति अफवाह फैलाएको टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेको भन्दै उनले आक्रोश पोखे- 'लाज लाग्दैन तपाईंहरूलाई ? मलाई चरित्रहीन बनाएर समाचार लेखिएको छ ।'


'जसले आफूलाई चरित्रहीन देखाएको छ आउनुस् सम्पादकहरू,' उनले भने । धेरै सञ्चारमाध्यम तथा तिनका सञ्चालकहरू नामै किटेर उनले त्यस्ता मिडियाहरूले आफूहरूलाई सदैव असहयोग गरेको बताए । 

पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति निकैबेर खनिएका उनले विभिन्न समयमा छापिएका समाचारका उदाहरण प्रस्तुत गर्दै सञ्चारमाध्यम र तिनका मालिकहरूले गलत गर्दा पनि पत्रकारहरूले लेख्न नसकेको बताइरहे। 

गृहमन्त्रालय आफ्नो भागमा परेको र पार्टीले पठाएको मान्छे गृहमन्त्री हुने आफूहरूले बताइरहँदा पनि सञ्चारमाध्यमहरूले गलत समाचार लेखेको उनले बताए। 

आफू देशको नागरिक भएको र अमेरिका बसाइपछि नेपालमै केही गर्छु भनेर आउँदा पनि पावरको मिसयुज गरेर आफूलाई केही सरकारी मानिसहरूले दुःख दिएको उनले बताए। 

सर्वोच्च अदालतले आफूलाई एकैछिनमा अनागरिक बनाएको भन्दै उनले केही पनि प्रभावित पार्न नसकेको बताए ।

पटक–पटक मिडिया सञ्चालकहरूको नाम लिएर लामिछाने उनीहरूप्रति पोखिइरहे । देशमा कानूनी शासन भएको भन्दै उनले कानून सबैलाई बराबर भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी