१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !

२६ माघ २०७९, बिहीबार ०५:५६

माघ २६, काठमाडौँ | राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ । 

खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ । सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो । केही दिन मन्त्रालयको कार्यभार सम्हाल्न नै गएन । प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय पछि मिलाउने आश्वासन दिएपछि जनमत पार्टी मन्त्रालय गएको हो । आज बस्ने उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि आफूहरूले मन्त्रालयको कुरा उठाउने जनमत पार्टीका प्रवक्ता एवं खानेपानी मन्त्री अब्दुल खानले बताए । 

उनले भने, ‘आज संयन्त्रको बैठक बस्दैछ, त्यो बैठकमा हाम्रो पार्टीका अध्यक्ष ज्यु जानुहुन्छ र त्यहाँ मन्त्रालयको बारेमा पनि कुरा राख्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डसँग पाँचवटा मन्त्रालय छ, त्यसरी मन्त्रालयको कामकाज थन्काएर राख्नु हुँदैन, काम गर्ने इच्छा देखाएका पार्टीलाई त्यो दिहाल्नुपर्छ, जनमत पार्टी पनि काम देखाउनका लागि मन्त्रालय लिन तयार रहेको उनले बताए । 

सोही पार्टीका अर्का नेता विनोद यादवले मन्त्रालयको विषयमा जनमत पार्टी र सरकारको बीचमा एउटा मन्त्रालय  थप्ने गरी छलफल अगाडि बढाइएको र राष्ट्रपतिको चुनावपछि त्यसको टुगों लाग्ने उनले बताए । 'प्रधानमन्त्री प्रचण्डले चुनावपछि थप एउटा मन्त्रालय दिने भन्नुभएको छ, हेरौँ चुनावपछि कस्तो परिस्थिति बन्छ,' उनले भने, ‘हामीले उद्योग मन्त्रालयमा अझै दाबी छाडेका छैनौँ र प्रधानमन्त्री प्रचण्डले पनि दिने आश्वासन दिनुभएको छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक