२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादीमा यस्तो छ प्रचण्डपछिको वरियताक्रम

२०७९, २६ माघ बिहीबार ०८:५६

माघ २६, काठमाडौँ | नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डपछिका नेताहरुको वरियताक्रम तोकेको छ । अध्यक्ष प्रचण्डपछि पहिलो वरियतामा वरिष्ठ उपाध्यक्ष‍ नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यस्तै श्रेष्ठपछिको वरियतामा उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल रहेका छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ रहेका छन् । उपमहासचिवमा गिरिराजमणि पोखरेल सबैभन्दा अगाडि छन्, त्यसपछि क्रमशः वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

यसैगरी पार्टीले नेताहरुको कार्यविभाजन पनि कायम राखेको छ । संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकरलाई यथावत जिम्मेवारी सुम्पिएको छ भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् । यो उनीहरुको आठौं महाधिवेशनअघिदेखिको पुरानै जिम्मेवारी कायम राखिएको हो ।

गत २०७८ पुषमा सम्पन्न आठौँ महाधिवेशनले नेताहरुको कार्यविभाजन तोकेको थिएन । हालसालै सम्पन्न (माघ १२ गतेदेखि २१ गतेसम्म) स्थायी समितिको बैठकले नेताहरुको वरियता तथा कार्यविभाजन तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी