१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादीमा यस्तो छ प्रचण्डपछिको वरियताक्रम

२६ माघ २०७९, बिहीबार ०८:५६

माघ २६, काठमाडौँ | नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डपछिका नेताहरुको वरियताक्रम तोकेको छ । अध्यक्ष प्रचण्डपछि पहिलो वरियतामा वरिष्ठ उपाध्यक्ष‍ नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यस्तै श्रेष्ठपछिको वरियतामा उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल रहेका छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ रहेका छन् । उपमहासचिवमा गिरिराजमणि पोखरेल सबैभन्दा अगाडि छन्, त्यसपछि क्रमशः वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

यसैगरी पार्टीले नेताहरुको कार्यविभाजन पनि कायम राखेको छ । संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकरलाई यथावत जिम्मेवारी सुम्पिएको छ भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् । यो उनीहरुको आठौं महाधिवेशनअघिदेखिको पुरानै जिम्मेवारी कायम राखिएको हो ।

गत २०७८ पुषमा सम्पन्न आठौँ महाधिवेशनले नेताहरुको कार्यविभाजन तोकेको थिएन । हालसालै सम्पन्न (माघ १२ गतेदेखि २१ गतेसम्म) स्थायी समितिको बैठकले नेताहरुको वरियता तथा कार्यविभाजन तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक