११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारबाट बाहिरिएको रास्वपा पनि संयन्त्रको बैठकमा

२७ माघ २०७९, शुक्रबार ०७:१०

माघ २७, काठमाडौँ | गत आइतबार मात्र सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष रवि लामिछाने सहभागी भएका हुन् । 

सरकारबाटै बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपाकाे उपस्थितलाई अर्थपूर्ण मानिएको छ । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, रास्वपाको सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल भइरहेको छ ।

माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेपछि लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए। गैर सांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संविधानको व्यवस्थाअनुसार आफू मन्त्री बन्नु पर्ने लामिछानेको भनाइ थियो। रास्वपाले पनि यसअघिको सहमतिअनुसार गृहमन्त्री आफ्नो दल नै पाउने दाबी गर्दै आएको थियो थियो । तर प्रधानमन्त्री गृहमन्त्री दिन तयार नभएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । 

पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै शिक्षा मन्त्री शिशिर खनाल, श्रम मन्त्री डोलप्रसाद अर्याल  र स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले पनि राजीनामा दिएका थिए । उद्दपी पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशङ्कित देखिएको छ ।  यस विषयमा गठबन्धन दलका शीर्ष नेताहरूले आ आफ्नो धारण राख्ने भएका छन् । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले साथ नदिएपछि सुदूरपश्चिममा गठबन्धनको सरकार ढलेको छ । यो प्रकरणले पनि गठबन्धनमा दरार आएको छ । यावत प्रकरणले गर्दा संयन्त्रको आजको बैठकलाई अर्थपूर्ण मानिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित