११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछाने सहभागी भएको बैठकमा किन गएनन् जसपा, जनमत, उन्मुक्ति पार्टी ?

२७ माघ २०७९, शुक्रबार ०७:२८

माघ २७, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्च स्तरीय राजनीति संयन्त्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन् तर सरकारलाई समर्थन गरेका दल जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र  जनमत पार्टी पनि बैठकमा सहभागी भएका छैनन्। 

यो संयन्त्र सरकारमा सहभागी भएका दलहरूको हो । तर सभापति रवि किन सहभागी भए भनी जिज्ञासामा स्वतन्त्र पार्टीका प्रवक्ता मुकुन्द ढकालले सरकारबाट फिर्ता भए पनि समर्थन फिर्ता नलिएकोले बैठकमा सहभागी भएको बताए । सरकारमा नभए पनि सरकार कसरी सञ्चालन गर्ने, त्यसलाई कसरी व्यवस्थित गर्ने त्यसमा सुझाव दिन सकिन्छ, सरकारबाहेक अन्य विषयहरूमा पनि छलफल भएको बताउँदै उनले सरकारलाई समर्थन गरेका अन्य दलहरू पनि बैठकमा सहभागी हुँदै आएको बताए । 

 सरकारमा सहभागी नभएको कारण जसपा नेपाल पनि संयन्त्रको बैठकमा जान छाडेको हो । सरकार निर्माण भइरहेको बेला एक दुईवटा बैठकमा जसपाको तर्फबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी हुँदै आएका थिए । 

तर जब सरकारमा सहभागी नहुने अवस्था सृजना भयो अनि जसपा पनि संयन्त्रको बैठकमा जान छाडेको बताइन्छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आवश्यकता अनुसार बैठकमा जाने गरेको बताए । उनी आफू उपत्यका बाहिर रहेको कारण बैठकमा सहभागी नभएको बताए ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरू सरकारमा नभएको कारण बैठकमा नगएको बताए । उनले भने, ‘हामी सरकारलाई सुरुमै समर्थन गरेका थियौँ, तर हाम्रो मुद्दा र मागप्रति सरकार संवेदनशील नभएपछि सरकारमा सहभागी भएनौ, अहिले समर्थन पनि फिर्ता लिइसकेका छौँ त्यही भएर बैठकमा सहभागी हुने कुरा नै आउँदैन ।’

आफ्ना पार्टीका सांसद अरुण चौधरीलाई सरकारले पक्राउ गरेपछि समर्थन फिर्ता लिएको बताउँदै उनले सरकारबाट समर्थन फिर्ता लिइसकेको र त्यो सरकारसँग आफूहरूको कुनै सम्बन्ध नरहेको बताए । सरकारमा सहभागी भएकै दल जनमत पार्टी संयन्त्रको बैठकमा सहभागी भएको छैन । सो पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले अध्यक्ष सिके राउत बैठकमा सहभागी हुने कुरा थियो तर किन भएन आफ्नो जानकारीमा नरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित