१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कैलाली पुगेर माधव नेपालले भने- रेशम चौधरीलाई रिहाइ गर्नुपर्छ

२९ माघ २०७९, आईतवार ०८:२२

माघ २९, कैलाली | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेलमा रहेका रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने बताएका छन्। उनले लामो समयसम्म जेलमा राखिराख्न नहुने भन्दै सरकारलाई रेशम चौधरीलाई रिहाइ गर्न आग्रहसमेत गरे। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘रेशम चौधरीलाई रिहाइ गर्न आवश्यक छ। रिहाइका लागि सरकारसँग माग गर्दर्छौँ।’

उनले राष्ट्रपति सबैको सहमतिमा चयन हुने बताए। ‘अहिलेको सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपतिका लागि साझा व्यक्ति भनिरहेकाले सहमतिमा राष्ट्रपति चयन हुन्छ’, अध्यक्ष नेपालले भने। उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले सबैलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै यस सरकारले विश्वासको मत प्राप्त गर्ने उल्लेख गरे।

एमालेप्रति लक्षित गर्दै पूर्वप्रधानमन्त्री नेपालले एकता गर्न तयार भएकाे बताए। ‘गलत चिन्तन बाेकेका पार्टीहरूले आफूलाई सुधारे हामी जोसँग पनि एकता गर्न तयार छौँ’, उनले भने।

एकताका लागि विचार मिलेर मात्र नहुने त्यसका लागि मन पनि मिल्नुपर्ने उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक