१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न पिटिने डाक्टरको गल्ती हो, न निलम्बित प्रहरीको : डा. तोसिमा कार्की

२९ माघ २०७९, आईतवार ११:१७

माघ २९, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार भएको सवारीका क्रममा चिकित्सक पिटिएको घटनालाई लिएर अतिविशिष्ट व्यक्ति सुरक्षा सम्बन्धी प्रावधान सच्याउनुपर्ने आवश्यकता देखिएको सांसद् डा. तोसिमा कार्कीले बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘डाक्टर एक प्रतिबिम्ब पात्र मात्रै हुन्, खासमा ती सुरक्षाकर्मी पनि यही प्रणालीको शिकार बनेका छन् ।’

एक सर्वसाधारण त्यहाँ उभिएको भए पनि लाठी प्रहार हुन्थ्यो भन्दै उनले भनेकी छन्, ‘यसको घटना के कारणले भयो भन्नेतिर खोजी गर्नुपर्छ ।’

उनले चिकित्सकले आइतबार देशभर गरेको हड्तालको पनि विरोध गरेकी छन् । चिकित्सकको बन्दले लाखौं विरामी मर्कामा पर्ने भन्दै उनले भनेकी छन्, ‘शुक्रबारको घटनामा गल्ती न ड्यूटीमा खटिएका डाक्टरको थियो । न त आदेश अनुरुप लटठी चार्जसम्मको निर्देशन पाएको ड्यूटीमा खटिएका प्रहरीको थियो ।’

उनले जनप्रतिनिधिले बनाएको भीभीआईपी सुरक्षा प्रोटोकलको गल्ती भएको बताउँदै अगाडि भनिन्, ‘प्रोटोकलहरु देशमा सुशासन र समृद्धि स्थापित गर्न बनेका हुन् भने यसमा सुधार गर्न जरुरी छ । कुनै पेशकर्मी र नागरिकलाई बाधा नहुने गरी हुनसक्नेसम्म लचकता अपनाइ हरेक नेपालीले स्वीकार्न सक्ने र पालना गर्नसक्ने नीति निर्माण बनाउन जरुरी छ ।’

शुक्रबार राष्ट्रपतिको सवारीमा सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह कुटिएका थिए । उनलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेर अनुसन्धान गरिरहेको छ ।

शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक