१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसदको सूचीमा जब रवि लामिछानेको नाम राखियो…

२९ माघ २०७९, आईतवार ११:३३

माघ २९, काठमाडौँ | माघ १३ गतेको सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद गइसकेको छ। नागरिकता विवादामा उनले नेपाली नागरिकता पुनप्राप्तिका लागि प्रक्रियामा जानुपर्ने अदालतले फैसला गरेपछि उनको सांसद पद गएको थियो। पद गएको १६ दिनपछि प्रतिनिधि सभाको शुन्य समयको सूचीमा भने लामिछानेकै नाम राखियो। सांसद र मन्त्री पद गुमाइसकेका लामिछानेको नाम सूचीमा राखेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको आइतवारको बैठकमा सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराए। 

अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षामाथि उठेका प्रश्नको जवाफ दिएर सकेलगतै खतिवडाले नियमापत्ति जनाएका थिए। 

'सभामुख मोहदयले माघ १८गते सर्वोच्च अदालतको फैसला पढेर सुनाउनु भो। शुन्य समयमा लिस्ट बितरण गर्दा शुन्य समयमा रहेका माननीय सदस्यहरु भनेर समूह ग उल्लेख गरियो। १३७ मा बिमला सुबेदी र अन्तिममा लिला देवी बोखिम भन्ने २०४ भनेर उल्लेख गरियो। १७७ मा तपाईँले बोलेको बचनअनुसार रवि लामिछाने भन्ने माननीयको नाम उल्लेख गरिएको छ। यो हजुरको मिस्टेक हो कि सचिवालयको?,' खतिवडाले प्रश्न गरे। लगतै सभामुखले खतिवडालाई जवाफ फर्काउदै व्यक्तिग गल्तीका कारण त्यसो भएको र पुरानै नामावली रहेको जानकारी गराएका थिए।  'यो व्यक्तिगत मिस्टेकले मात्रै यस्तो भएको हो। पुरानो नामावली राखिएको छ,' सभामुखले भनेका थिए।

सभामुखको जवाफ सुनेर कांग्रेस सांसद खतिवडाले हास्दै 'थम्सअप' गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक