२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिद्धान्त र विचारले मात्र अब चल्दैन– मन्त्री किराँती

२०७९, २९ माघ आईतवार १२:१३

माघ २९, काठमाडौँ | सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले पर्यटन क्षेत्रका कार्यक्रमलाई तीव्रता प्रदान गर्ने सन्दर्भमा कतिपय विषयमा कानूनी, व्यावहारिकका साथै अन्तर्राष्ट्रिय समस्यासमेत झेल्नु पर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

मन्त्री किराँतीले भन्नुभयो, “मानवीय, भूगोल र प्राविधिक पक्षका आधारमा हवाई जहाज दुर्घटना हुने गरेको अध्ययनले देखिएको छ, मुलुकको आवश्यकताका आधारमा विमानस्थल निर्माण हुनेछन् । सिद्धान्त र विचारले अब चल्दैन, परिणाम आउने गरी काम गरिनुपर्छ भन्ने मान्यता राख्छु ।”

समिति सभापति दिलकुमारी रावलले हवाई दुर्घटना न्यूनीकरण गर्न जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्न सुझाव दिनुभयो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले भैरहवा विमानस्थलको रुटका लागि कूटनीति र प्राविधिकस्तरमा छलफलको तयारी भइरहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई दुर्घटना न्यूनीकरण गर्न एक हजार फिटमाथि नै सम्पूर्ण तयारी पूरा गरेर मात्र अवतरण गर्नुपर्छ भन्ने नियम कार्यान्वयनमा गइसकेको बताउनुभयो ।

उहाँले जहाज नयाँ र पुरानोका आधारमा नभई उडानयोग्य र अयोग्यका उडान अनुमति दिने वा नदिने भन्ने प्रश्न उठ्नेबारे समितिलाई जानकारी गराउनुभयो ।

यसअघि समिति सदस्यहरूले पुराना जहाज नकिन्न, जहाजको भाडा दर घटाउन तथा अत्याधुनिक र सुरक्षित जहाजमात्रै खरिद गर्न सुझाव दिनुभयो ।  पुराना जहाज किनेर नेपाललाई पुरानो प्लेन ल्याण्ड साइट नबनाउन सुझाव दिदै उहाँहरूले तराईबाट त्यस क्षेत्रका पहाडी जिल्लामा उडान भर्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराउनुभयो ।

सदस्यहरूले जहाज उडाउनअघि विमान चालकको योग्यता र क्षमता परीक्षण गर्न तथा दूरदराजका विमानस्थलमा टिकटमा हुँदै आएको कालोबजारी रोक्न मन्त्रालयका पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो । 

मुलुकमा रहेका ५५ विमानस्थलमध्ये हाल ३० वटा सञ्चालनमा रहेको र १० विमानस्थलले नाफा पनि नकमाएको समितिलाई जानकारी दिइयो । पछिल्लो समय पहाड र हिमाली जिल्लामा समेत सडकको पहुँच विस्तार र जहाजको भाडा महँगो भएकाले विमानस्थलको माग भने घट्दै गएको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी