१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फेरि सरकारमा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टी

१ फाल्गुन २०७९, सोमबार ०६:३७

फागुन १, काठमाडौँ | निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै फागुनभित्रमा रास्वपामा सरकारमा सहभागी हुन लागेको स्रोतको दाबी छ । ‘राष्ट्रपतिको निर्वाचनअघि नै रास्वपा सरकारमा सहभागी हुनेछ’, रास्वपा स्रोतले भन्यो । स्रोतका अनुसार सो पार्टीका सभापत रवि लामिछाने पनि राष्ट्रपति निर्वाचनलगायत विषय तय गर्नुपर्ने,न्यूनतम साझा कार्यक्रमको स्पिरिट र डेलिभरीजस्ता विषयलाई समेट्नु पर्ने लगायतका विषयहरु रहेकाले सरकारमा सहभागी हुने र उपनिर्वाचनपछि आफैँ पनि सरकारमा जाने भएकाले राष्ट्रपति निर्वाचन अघि नै सरकारमा सहभागी हुने संकेत गरिसकेको रास्वपा स्रोतको दाबी छ । 


सो पार्टीका महामन्त्री डा. मुकुल ढकालले भने आफूहरु उपनिर्वाचनको तयारीमा लागेका कारण यस विषयमा सोच्न नभ्याएको र केन्द्रीय समितिको बैठकबाट निर्णय हुने बताए । ‘अहिले हामी काठमाडौँ बाहिर छौँ, उपनिर्वाचनको तयारीमा छौँ, सरकारमा जाने विषयमा केन्द्रीय समितिको बैठकबाट निर्णय हुन्छ’, डा. ढकालले भने । उनका अनुसार रास्वपाले सरकारमा जाने भन्दा पनि उपनिर्वाचनमै प्राथमिकता दिएको छ । रवि लामछिानेलाई नेपाली नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी देखाएपछि उनले उपप्रधानसहित गृहमन्त्रीबाट राजीनामा दिएका थिए । १३ माघमा सर्वोच्च अदालतले नागरिकता प्रकरणका उनलाई दोषी देखाउँदै सांसद, उपप्रधान र गृह तथा पार्टी सभापति पद गुमाएका थिए । तर १५ माघमा पुनः नागरिकता लिएपछि लामिछाने सोही दिन सभापति चयन भएका थिए । उनले नागरिकता लिएपछि पुनः गृहमन्त्रालयमै फर्किन खोजेका थिए । 

तत्काल गृह मन्त्रालय नदिने भएपछि सरकारमा सहभागी भएका सबै मन्त्रीहरु बाहिरिएका थिए । रवि आफू नभएपछि अरुलाई पनि सरकारबाट बाहिर राखेको भन्दै आलोचना भएको थियो । सरकारमा रविको पार्टीबाट श्रम, शिक्षा र स्वास्थ्य राज्यमन्त्रीको रुपमा सहभागी भएका थिए । राष्ट्रपतिको निर्वाचनअघि रविको पार्टीलाई सरकारमा सहभागी गराउन नेकपा एमालेले पनि जोड गरिरहेको छ । माओवादी केन्द्रका पुष्पमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट हुँदा र सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रको बैठकमा पनि रविको पार्टीलाई सरकारमा ल्याउन ओलीले जोड गरिरहेका छन् । तर प्रचण्ड भने रविको पार्टीलाई तत्कालै सरकारमा ल्याउने पक्षमा छैनन् । ‘एमालेले जोड गरिरहेको छ, प्रधानमन्त्रीले भने त्यति रुची देखाउनु भएको छैन’, माओवादीका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक