२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ऋण तिर्न नसकेपछि सप्तरीमा महिलाले गरिन् आत्महत्या

२०७९, २ फाल्गुन मंगलवार ११:१४

फागुन २,  सप्तरी | सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेका छन्।

सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्। मृत फेला परेकी भुजेलको शव पोष्टमार्टमपश्चात परिवारको जिम्मा लगाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेश सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

भुजेल इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको महुलीमा २०७७ साल कार्तिक १६ गतेदेखि र स्वावलम्बन लघुवित्त विकास बैंकको शाखा महुलीमा २०७३ साल चैत्र १२ गतेदेखि आवद्ध रहेको कागज फेला परेको छ । दुवै लघुवित्तबाट उनले ऋण लिएकी थिइन् । ऋण नतिरेपछि लघुवित्तका कर्मचारीहरुले उनको घरका सबै समान लागेका थिए । त्यसपछि उनी तनावमा रहेको बुझिएको छ । उनले आफ्नो १० धुर जग्गा पनि साहुको नाममा पास गरेर थप ऋण लिएको स्थानीयले बताएका छन् । साहु र लघुवित्तको ऋण तिर्न नसकेकै कारण उनले आत्महत्या गरेको स्थानीयको दाबी छ ।

कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले पनि ऋण तिर्न नसकेकै कारण भुजेलले आत्महत्या गरेको बताइन् । उनले भनिन्, ‘आत्महत्या गरेको जानकारी पाएलगत्तै म घटनास्थल पुगेको थिएँ । त्यहाँका सबैले ऋणमै डुबेपछि उनले आत्महत्याको बाटो रोजेको बताएका छन् ।’

आत्महत्या गरेकी भुजेलका श्रीमान भीमबहादुर केही दिनअगाडि आफ्नो घरमा आएको उपप्रमुख पोखरेलले बताइन् । उनका अनुसार भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी