फागुन ३, पोखरा | एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेलाई नै दिँदा शक्ति सन्तुलन गुम्ने र देशमा अस्थिरता पैदा हुने बताएका हुन् ।
उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।