११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिका बारेमा माओवादी केन्द्रले आधिकारिक निर्णय गर्दै

३ फाल्गुन २०७९, बुधबार ०९:०८

फागुन ३, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । यही साताभित्र माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताउँदै उनले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत जानकारी दिए ।

यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने उनले बताए । ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ तर आधिकारिक निर्णय भएको होइन’ उनले भने, ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले ल्याउँछ ।’

नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ । उसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै  राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएको हो । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यो विषयमा दुवै अध्यक्ष (ओली र प्रचण्ड) का बीचमा सहमति भइसकेको बताए । उनले सोही सहमति अनुसार सबै कुरा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले सहमतिलाई कायम राख्नेमा आफूहरू विश्वस्त रहेको समेत गुरुङले बताए । तर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा कुनै दलसँग सहमति नभएको बताउँदै आएका छन् । उनले राष्ट्रपति सबै दलको सहमतिमा निश्चित गर्ने धारणा राख्दै आएका छन् । त्यसैले पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको बीचको दुरी बढ्दै गएको छ । राष्ट्रपतिको चुनावसँगै सत्ता समीकरणमा हेरफेर हुने चर्चा पनि सुरु भएको छ । कांग्रेसले राष्ट्रपतिमा उम्मदवार उठाउने निर्णय गरिसकेको छ भने त्यसका लागि माओवादीले साथ देला भन्नेमा सो पार्टी ढुक्क देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन