१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोरिया जाने कामदारबाट चर्को हवाई भाडा लिएको विषयमा मन्त्री किरातीको ध्यानाकर्षण

३ फाल्गुन २०७९, बुधबार १०:२९

फागुन ३, काठमाडौँ | कोरिया जाने कामदारको चर्को हवाई भाडा लिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ध्यानाकर्षण भएको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले दक्षिण कोरिया जाने श्रमिकलाई १ लाख ६० हजार रुपैयाँ हवाई भाडा लिएपछि बुधबार मन्त्री किरातीलाई भेटेर ध्यानाकर्षण गराएका हुन ।

आफूलाई कोरिया जाने श्रमिकका विषयमा धेरै जानकारी नभएपनि यो ज्ञापनपत्रले ध्यानाकर्षण गराएको बताए । ‘मैले तपाईँको ज्ञापनपत्रलाई गम्भीर रुपमा लिएको छु । कोरिया जाने श्रमिक कुनै हालतमा ठगिनु हुन्न । आफ्नो तर्फबाट हरहालतमा सम्बोधन गर्न तयार छ’ किरातीले भने । कोरिया जान एकतर्फी रुपमा ७० हजारभन्दा बढी नलाग्ने भएपनि सिण्डिकेट लादेर एक लाख ६० हजार लिने गरेपछि मन्त्रीलाई सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको हो । 

कोरिया जाने श्रमिकहरू राहदानी बनाउँदा, कोरियान भाषा पास गर्न, मेडिकल जाँच र हवाई भाडामा समेत चर्को शुल्क तिर्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्री किरातीलाई ध्यानाकषर्ण गराउन पार्टी केन्द्रीय सदस्य एवम् प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, प्रवास समन्वय समितिका मनऋषि धिताल, इन्द्रमणि भट्टराई लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक