११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक

३ फाल्गुन २०७९, बुधबार ११:५२

फागुन ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको नतिजा आज सार्वजनिक गरेको हो ।

मुद्रास्फीति अपेक्षा सर्वेक्षण प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी अधिकांश व्यक्तिले मूल्यवृद्धि अझै बढ्नसक्ने धारणा दिएका छन् । आगामी तीन महिना र एक वर्षभित्रको मूल्यवृद्धि अनुमान गर्न भनिएको प्रश्नावलीमा अधिकांशले मूल्य बढ्ने जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ । “८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२ दशमलव तीन प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्”, राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

आगामी दिनहरूमा गैरखाद्य सामग्रीको तुलनामा खाद्य सामग्रीमा उच्च मूल्यवृद्धि हुने अनुमान यो सर्वेक्षणबाट गरिएको छ । “माछा, मासु, दूध, घ्यू तेल र होटल तथा रेस्टुराँबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको हिस्सा गत असोजको तुलनामा बढेको छ”, सर्वेक्षणमा भनिएको छ । गैरखाद्य वस्तु तथा घरजग्गा क्षेत्रमा भने अबको तीन महिनामा हुने मूल्य वृद्धिको अनुमान गत असोजमा गरिएको सर्वेक्षणको तुलनामा घटेको छ ।

सर्वेक्षणअनुसार आगामी तीन महिना र एक वर्षपछिको मध्यक (मेडियन) अपेक्षित मुद्रास्फीति गत असोजको तुलनामा समान रहेको छ भने तीन महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । “तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ”, राष्ट्र बैंकको सर्वेक्षणमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन