१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

४ फाल्गुन २०७९, बिहीबार ०६:००

फागुन ४, काठमाडौँ | नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन भएको छ ।

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली हरिकलाको उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बोन अस्पतालमा निधन भएको हो ।८६ वर्षीया हरिकला गएराति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा भएको ग्यास सिलिन्डर विस्फोटमा परि गम्भीर घाइते भएकी थिइन् । अस्पतालका अनुसार उनको अहिले करिब ११ बजेतिर निधन भएको हो । उनको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक