२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समीकरण बदल्ने हाम्रो चाहना होइन: भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

२०७९, ४ फाल्गुन बिहीबार ०८:५२

फागुन ४, सुर्खेत | उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरण बदलिहाल्ने आफूहरुको चाहना नभएको बताएका छन् । तर राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसलाई समेत समेट्ने गरी सहमति खोज्न चाहेको बताए ।

बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समीकरण बदल्ने आफूहरुको चाहना नभएको र आफूहरुका कारण यो परिस्थिति सिर्जना नहुने बताए ।

तर प्रधानमन्त्रीले विश्वासको मत माग्दै अधिकांश दलले मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति चाहेको उनले बताए । श्रेष्ठले अगाडि भने, ‘राष्ट्रपति चयनका सन्दर्भमा पनि प्रमुख प्रतिपक्षलाई समेत विश्वास लिएर राष्ट्रिय सहमतिको वातावरण अझ सुदृढ गर्ने गरी अगाडि बढ्नु सान्दर्भिक हुन्छ ।’

केही दलले त गठबन्धन भत्काउन खोजिएको भनेका छन् नि भन्ने प्रश्नमा उनले कसैले चाहेर मात्र गठबन्धन नभत्किने बताए । सरकार चलाइरहेका दलहरुले सही दृष्टिकोण, नीति र कदम चालेर विश्वासको वातावरण बनाइराख्नुपर्ने भन्दै उनले भने, ‘तर प्रतिगमनलाई कुनै हालतमा अघि बढ्न दिन चाहनौं ।’

राष्टियताको रक्षा, समृद्धि र शान्ति प्रक्रियाका बाँकी काम आफूहरुको प्राथमिकता भएको उनले बताए । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने, ‘यसलाई पूरा गर्ने गरी अघि बढ्यौं भने बाहिरबाट कसैले चाहेर मात्र केही हुन्न । यसो गर्न सकिएन भने हामीले चाहँदैमा वा नचाहँदैमा केही हुन्न ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी