२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्यले अघि बढेका छौं : खानेपानीमन्त्री खान

२०७९, ४ फाल्गुन बिहीबार १०:३५

फागुन ४, काठमाडौँ | खानेपानीमन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्रि नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर नै सर्वसुलभ रुपमा खानेपानी पुर्याएर अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका हुन् ।

उनले खाडी मुलुकमा मात्रै नेपालको खानेपानी बिक्री गर्न सके मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने धारणा राखे । सिंहदरबारमा खानेपानी पुर्याउने र कल सेन्टरको काम पूरा भएको भन्दै उनले अब मन्त्रालयको ध्यान विमानस्थल, बसपार्कलगायत सार्वजनिक स्थानमा धारा जडान गर्नेमा रहेको बताए ।

उनले जनताको घरको धारामा आउने पानीप्रति विश्वास बढाउनका लागि प्रधानमन्त्रीलाई नै धाराको पानी खुवाउने कार्यक्रम गर्न लागिएको बताए । मन्त्री खानले अहिले पानीको व्यापार अनियन्त्रीत हुदै गएको र पानी माफिया तन्त्र देखिएकाले यसलाई नियन्त्रण गर्ने जिकिर गरे । उनले काठमाडौंको सुन्दरीजलमा नै सरकारले जार बोतल उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न सकिने धारणा राखे । मन्त्री खानले खानेपानी सम्बन्धी सम्पुर्ण गुनासो समस्या कल सेन्टरमार्फत राख्न सक्ने र सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी