२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जापानले सहज भिसा दिने

२०७९, ७ फाल्गुन आईतवार ०५:३८

फागुन ७, काठमाडौँ । जापानले विदेशी विशेष क्षमता भएका दक्ष जनशक्तिलाई भिसा प्रक्रियामा सरलीकृत गर्दै फास्ट ट्र्याकबाट भिसा दिने भएको छ। उन्नत व्यापार र व्यवस्थापन गतिविधिमा आवेदन गर्नेहरूका लागि ५ वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड र वार्षिक ४० मिलियन येन आम्दानी भएमा जापानले ५ वर्षको भिसा दिनेछ। मन्त्रीस्तरीय बैठकले युवा विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज बनाउन यस्तो निर्णय गरेको हो। 


जापानको अध्यागमन सेवा एजेन्सीद्वारा तोकिएको विश्व वरियता सूचीमा शीर्ष सयमा परेका विश्वविद्यालयबाट स्नातक गरेका विदेशीलाई ‘निर्दिष्ट गतिविधि’ भिसा दिइनेछ। जसले उनीहरूलाई जागिर खाँदै दुई वर्षसम्म बस्न सक्षम बनाउने छ। सरकारले जनताको राय लिएर अप्रिलमा नयाँ पद्धति सुरु गर्ने लक्ष्य राखेको छ। भिसा प्रदान गर्न शैक्षिक, रोजगारी पृष्ठभूमि र वार्षिक आम्दानीसहितका योग्यतालाई बिन्दुमा आधारित प्रणालीलाई अबलम्वन गर्ने बताइएको छ। 

दक्ष कामदार प्राप्त गर्ने विश्वव्यापी दौडले तातेको यस समयमा दक्ष जनशक्ति पाउन जटिल देखिएको विश्लेषकहरूको भनाइ छ। सरलीकृत आवश्यकताअन्तर्गत ५ वर्षको भिसा प्राप्त गर्नेहरूले पनि हालका धारकहरूका लागि ३ वर्षको तुलनामा एक वर्षको बसोबासपछि स्थायी भिसाका लागि योग्य हुनेछन्। 

‘लागू गर्न लागिएको नयाँ प्रणालीले उच्चस्तरीय क्षमता भएकाहरूलाई प्राथमिकता दिनेछ’, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले मन्त्रीस्तरीय बैठकमा बताए। 

२०१२ मा सुरु गरिएको वर्तमान प्रणालीअन्तर्गत, गत वर्ष जुनसम्म कुल ३४ हजार ७ सय २६ व्यक्तिले ५ वर्षे भिसा प्राप्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी