२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धनको विकल्प छैन: मातृका यादव

२०७९, ७ फाल्गुन आईतवार ०५:४८

फागुन ७, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा पार्टीले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास गर्ने बताएका छन्। सत्ता साझेदार नेकपा एमाले पनि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा उभिनुपर्ने तर्क उनको छ। राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नदेखिएका खण्डमा विकल्प सोच्नुपर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ।

‘एमाले अध्यक्ष केपी ओलीजीले सुरूदेखि नै दम्भ देखाउनुभयो। सम्राट बन्न खोज्नुभयो। प्रधानमन्त्री प्रचण्डजीलाई पेल्न खोज्नुभयो,’ यादवले कुराकानीमा आइतबार भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि स्पेश दिनुभयो। एउटा मधेशीको छोराको नागरिकताको विषय हुन्थ्यो भने जेल गइसक्थ्यो तर रवि उल्टै धम्क्याएर हिँडिरहेका छन्। यो सबै वातावरण बनाउने काम केपी ओलीजीबाटै भयो।’

उनले अझै पनि माओवादी राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताए।

‘एमालेले नै राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य व्यक्तित्व दियो भने त्यो हुन सक्छ। तर उहाँ (ओलीले) हामीले नै भनेको व्यक्ति हुनुपर्छ भन्ने हो भने हामी नेपाली कांग्रेससँग गठबन्धनको विकल्प छैन। किनभने हामीसँग जम्मा संघीय संसदमा ३२ जना मात्रै सांसद छन्।’

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुँदैन भने कांग्रेससँग गठबन्धनको विकल्प नहुने उनले बताए।

‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले अहिले पनि कांग्रेससँग कुराकानी गरिरहनुभएको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन सक्दैन भने हामी कांग्रेससँग गठबन्धन गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै हामी राष्ट्रिय सहमतिकै पक्षमा छौं। एक, दुई दिनमा बैठक गरी निर्णयमा पुग्छौं।’

संसद विघटनलगायत कुरा अब नगर्ने भन्ने कुराकानी भए पनि ओलीले प्रतिनिधि सभा बैठकमै संसद विघटनका कुरा गरेको यादव बताउँछन्। ‘संसद विघटनबारे केही कुरा नबोल्ने कुराकानी भएको थियो तर उहाँले बोल्नुभयो,’ उनले भने, ‘सुरूदेखि नै ओलीजीले गठबन्धनविरोधी काम गर्नुभयो।’

फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी