१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धनको विकल्प छैन: मातृका यादव

७ फाल्गुन २०७९, आईतवार ०५:४८

फागुन ७, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा पार्टीले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास गर्ने बताएका छन्। सत्ता साझेदार नेकपा एमाले पनि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा उभिनुपर्ने तर्क उनको छ। राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नदेखिएका खण्डमा विकल्प सोच्नुपर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ।

‘एमाले अध्यक्ष केपी ओलीजीले सुरूदेखि नै दम्भ देखाउनुभयो। सम्राट बन्न खोज्नुभयो। प्रधानमन्त्री प्रचण्डजीलाई पेल्न खोज्नुभयो,’ यादवले कुराकानीमा आइतबार भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि स्पेश दिनुभयो। एउटा मधेशीको छोराको नागरिकताको विषय हुन्थ्यो भने जेल गइसक्थ्यो तर रवि उल्टै धम्क्याएर हिँडिरहेका छन्। यो सबै वातावरण बनाउने काम केपी ओलीजीबाटै भयो।’

उनले अझै पनि माओवादी राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताए।

‘एमालेले नै राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य व्यक्तित्व दियो भने त्यो हुन सक्छ। तर उहाँ (ओलीले) हामीले नै भनेको व्यक्ति हुनुपर्छ भन्ने हो भने हामी नेपाली कांग्रेससँग गठबन्धनको विकल्प छैन। किनभने हामीसँग जम्मा संघीय संसदमा ३२ जना मात्रै सांसद छन्।’

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुँदैन भने कांग्रेससँग गठबन्धनको विकल्प नहुने उनले बताए।

‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले अहिले पनि कांग्रेससँग कुराकानी गरिरहनुभएको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन सक्दैन भने हामी कांग्रेससँग गठबन्धन गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै हामी राष्ट्रिय सहमतिकै पक्षमा छौं। एक, दुई दिनमा बैठक गरी निर्णयमा पुग्छौं।’

संसद विघटनलगायत कुरा अब नगर्ने भन्ने कुराकानी भए पनि ओलीले प्रतिनिधि सभा बैठकमै संसद विघटनका कुरा गरेको यादव बताउँछन्। ‘संसद विघटनबारे केही कुरा नबोल्ने कुराकानी भएको थियो तर उहाँले बोल्नुभयो,’ उनले भने, ‘सुरूदेखि नै ओलीजीले गठबन्धनविरोधी काम गर्नुभयो।’

फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक