१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक सातामै तीन पटकसम्म किन बढ्यो कुखुराको मासुको मूल्य?

७ फाल्गुन २०७९, आईतवार ०८:५६

फागुन ७, काठमाडौँ । ब्रोइलर कुखुराको मासुको मूल्य महँगिन थालेको छ। गत पुसको अन्तिम सातादेखि जिउँदो कुखरा र मासुको खपतमा कमी आएर मूल्य घट्दै गएकोमा फेरि महँगो हुन थालेको हो।

माघ महिनामा स्वस्थानी ब्रतका कारण मासुको खपत कम हुने गर्छ। त्यसैले मूल्यमा पनि कमी आउँछ। तर, फागुन महिना सुरु भएपछि भने बजारमा कुखुराको मासुको मूल्य क्रमिक उकालो लाग्दै गएको छ।


राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार मासुको मूल्य एक सातामा तीन पटक वृद्धि भएको छ। संघका अनुसार हाल जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० रुपैयाँ कायम भएको छ।

उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ९० देखि ४ सय रुपैयाँसम्म पर्छ। यसअघि जिउँदो कुखुराको मूल्य घट्दै प्रतिकेजी २ सय ४० रुपैयाँ र तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँमा बिक्री भइहरेको थियो। जिउँदो कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँको दरले तीन पटक वृद्धि भएको हो।

तर, बढ्दो मूल्य हालको भन्दामाथि नजाने राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका सचिव देव गिरीको दाबी छ। हाल देशभर मासुको खपत साढे ५ लाख केजी भन्दा बढी छ। विवाहको सिजन तथा व्यावसायिक कार्यक्रमहरुले गर्दा मासुको खपत बढी हुन थालेको छ।

सचिव गिरीका अनुसार स्वदेशी उत्पादन कम रहेपनि भारतबाट तस्करी भएर आउने सस्ता कुखुराले बढिरहेको मूल्यलाई घटाउन मद्दत गर्छ।

किन बढ्न थाल्यो मूल्य?

बजारमा मासुको माग तथा खपत बढ्न थालेपछि यसको असर मूल्यमा परेको संघका सचिव गिरीको भनाइ छ। अहिले देशभित्र कुखुराको उत्पादन कम छ।

जाडो याममा मासुको खपत बढी हुने भएतापनि स्वस्थानी ब्रतकथा सुरु भएपछि भने मागमा कमी आउँदै जान्छ। उत्पादन धेरै र खपत कम हुँदा कुखुरापालक किसान तथा व्यवसायीहरुले मूल्य घटाएर बिक्री गर्दै आएका थिए। यतिबेला उत्पादन कम र खपत बढी हुँदा मूल्य बिस्तारै बढ्दै गएको उनले बताए।

बजार मूल्य राम्रो नपाउँदा किसानहरु यस व्यवसायबाट पलायन हुन थालेका छन्। यो वर्ष आर्थिक मन्दीको असर र दानाको मूल्य बढ्दै गएको छ। यसले गर्दा पनि कुखुरा पालक किसान तथा व्यावसायिक फार्महरुले कम परिमाणमा चल्ला हालेका छन्। चल्ला हालेर कुखुरा बजारमा पठाउने समयमा मूल्य घट्छ।

‘लागत खर्च अनुसारको बिक्री मूल्य नपाउँदा हरेक वर्ष उत्पादन घट्दै गएको छ,’ सचिव गिरीले भने।

आन्तरिक उत्पादन कम भएपनि नेपालमा भारतीय कुखुरा र मासु ठूलो परिमाणमा तस्करी भएर आउने गरेको उनको भनाइ छ। यसले गर्दा पनि स्वदेशी किसानहरुले बजारमा मूल्य घटाएर बिक्री गर्नुपर्ने बाध्यता हुन्छ। भारतमा हाल प्रतिकेजी एक सय रुपैयाँमै जिउँदो कुखुरा पाइने भएकाले नेपालतर्फ तस्करी बढिरहेको छ।

‘पहिले कुखुरा मात्र तस्करी भएर आउने गरेको थियो। अहिले बोनलेस मासुहरुसमेत आउने गरेको छ,’ संघका सचिव गिरीले बताए।

बजारमा जिउँदो कुखुरा र मासुको मूल्य बढिरहेको बेला भारतबाट उल्लेख्य रुपमा कुखुरा र मासु ठूलो परिमाणमा आउँदा स्वदेशी कुखुराको मूल्य घट्छ। उपभोक्तालाई सस्तो पर्ने भएपनि तस्करीका कारण स्वदेशी उत्पादनको उचित मूल्य नपाउने भएकाले पनि कुखुरा पालनतर्फ किसानहरु आकर्षित हुन नसकेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक