2026-09-21 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो

काठमाडौं । थाई एयर एसियाको एक विमानलाई मानवीय आधारमा काठमाडौंमा अवतरण गर्न अनुमति दिइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, उक्त जहाज अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आए आएको थियो, तर यात्रुहरूलाई सुरक्षित रूपमा अवतरण गराउने उद्देश्यले यो निर्णय गरिएको हो।

थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो । आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ । सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन । ‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति छैन, तर मानवीय आधारमा ल्यान्ड गर्न दिइयो”, उनले भने ।

उक्त थाई एयर एसियाको एफडी१८२ उडानले काठमाडौंको आकाशमा लगभग आधा घण्टा फन्को मारेपछि २:३८ बजे सफलतापूर्वक अवतरण गरेको हो। विमानले अनुमति नहुँदा पनि लामो समयसम्म आकाशमा घुम्न परेको थियो, तर अन्ततः विमानस्थलको प्रशासनले मानवीय आधारमा विमानलाई अवतरण गर्न अनुमति दिएको हो।

यो घटनाले विमानस्थलको सुरक्षा र प्रशासनिक प्रक्रियाबारे चासो जगाएको छ। यस घटनाले यत्रीहरूको सुरक्षामा ध्यान दिन आवश्यक रहेको पनि देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो