राष्ट्रपतिकाे उम्मेदवारका लागि राष"/>
राष्ट्रपतिकाे उम्मेदवारका लागि राष"/>
फागुन ८, काठमाडौँ | भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालकाे नयाँ राष्ट्रपतिका लागि चार जनाकाे नाम सुझाएका छन् ।
राष्ट्रपतिकाे उम्मेदवारका लागि राष्ट्रिय सहमति खाेजिनुपर्ने विषय जायज रहेकाे बताउँदै उनले देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालामध्ये एक जनालाई रास्ट्रपति बनाउँदा उचित हुने धारणा राखेका छन् ।
आज बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'नेपालमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको माग जायज छ । देवेन्द्रराज पाण्डे, लाेकराज बराल, दमन ढुंगाना, अनुराधा कोइराला जस्ता इमान्दारिता र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू योग्य छन् ।'