१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छत्तीसगढमा दुई जना प्रहरीको हत्या

८ फाल्गुन २०७९, सोमबार १२:०६

फागुन ८, नयाँदिल्ली |  मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीले दुई जना प्रहरीको हत्या गरेका छन् । राज्यको राजनान्द जिल्लाको बोर्तलाब क्षेत्रमा नक्सलवादीले उनीहरूको हत्या गरेका प्रहरीले जनाएको छ । आज बिहान बोर्तलाब क्षेत्रमा नक्सलवादीले प्रहरीमाथि गोली चलाएका तथा घटनास्थलमा नै एक जनाको मृत्यु भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी अभिषेक मीनाले जानकारी दिएका छन् । आक्रमणमा घाइते भएका अर्का प्रहरी जवानको अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको उनले बताए । प्रहरी जवानद्वय मोटरसाइकलमा बोर्तलाब प्रहरी शिविरतर्फ गइरहेका बेला आक्रमण भएको थियो । 

प्रहरी मारिएपछि घटनास्थल वरपर प्रहरी र अर्धसैनिक टोलीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको मध्य र पूर्वी भागमा सक्रिय नक्सलवादीले सुरक्षाकर्मीमाथि बेलाबेलामा घातक आक्रमण गर्दै आएका छन् । नक्सलवादीविरुद्ध केन्द्रीय सरकारले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरे पनि विद्रोहीका चपेटामा धेरै गरिब भारतीय परेका छन् । नक्सलवादी आक्रमणबाट हजारौँ विस्थापित भएका छन् भने सयौँले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक