१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा पात्र छान्ने अधिकार मलाई दिनुस् : प्रधानमन्त्री

९ फाल्गुन २०७९, मंगलवार ०६:३३

फागुन ९, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति कसलाई बनाउने भनेर निर्णय गर्ने अधिकार आफैँसँग राखेका छन् । सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल बैठक बस्न सम्भव नहुने भएकाले राष्ट्रपति’bout निर्णय लिने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए।

‘हामीले राष्ट्रिय सहमतिका लागि प्रयास गरेका छौँ। सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने, ‘सहमति नभएको अवस्थामा के गर्ने र कस्तो पात्रलाई समर्थन गर्ने भनेर मलाई अधिकार दिनुस्, किनकि तत्कालै बैठक बस्न सम्भव हुँदैन।’

बैठकमा प्रचण्डले सहमतिका आधारमा उम्मेदवार तय नभए काँग्रेससँग सहकार्य हुन सक्नेतर्फ सङ्केत गरेका थिए।

स्रोतका अनुसार प्रचण्डले राष्ट्रपति निर्वाचनमा आफूहरू निर्णायक भएकाले शान्ति प्रक्रिया सम्पन्न गर्ने विषयमा अडान लिनुपर्ने बताएका थिए।

‘हामीले शान्ति प्रक्रिया लगायतका विषयमा सहमति खोज्नुपर्छ। सहमति हुन नसके अधिकतम सहमति खोज्ने हो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सवालमा काँग्रेस र सेना जति जिम्मेवार छन्, त्यो जिम्मेवारीपन एमालेमा छैन। त्यसैले पनि हाम्रो सहकार्य काँग्रेससँग अलि सहज हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक