१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपाललाई राष्ट्रपति बनाउन कहीँबाट प्रस्ताव नआएको मेटमणिको प्रष्टीकरण

९ फाल्गुन २०७९, मंगलवार ०७:१९

फागुन ९, काठमाडौं | नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिजोदेखि राष्ट्रपतिका विषयमा खुबै चर्चा भएपनि कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै भेटघाट नभएको दाबी गरेका हुन् ।


सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएका थिए । चौधरीले त्यसलाई खण्डन गर्दै समय-समयमा यस्ता अफवाहहरु आउने र समयक्रममै हराएर जाने गरेकाे टिप्पणी गरे । उनले भ्रममा नपर्न पनि आग्रह गरे ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा राजनीतिक वृत्तमा विभिन्न कोणमा छलफल जारी छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष ओली एवम् नेकपा एसका नेपालसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । त्यस्तै, एमालेका ओली र नेकपा एसका नेपालबीच पनि भेटवार्ता भएको समाचारहरु आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक