११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

९ फाल्गुन २०७९, मंगलवार ०८:५२

फागुन ९, मकवानपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । 

यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो । 


राष्ट्रपति भण्डारीले उक्त प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गर्नुभयो । 

उहाँले विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरुलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयोे ।

उहाँले विभिन्न समय र मौसममा हुने सङ्क्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नुपर्ने पनि बताउनुभयो । समय समयमा देशका विभिन्न प्रदेशमा डेङ्गु र हैजा जस्ता रोगहरुको सङ्क्रमणले चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरु समयमै ती रोगहरुलाई नियन्त्रणमा ल्याउने काममा खटिनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो । 

राष्ट्रपति भण्डारीले बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गरेर २०७६ असोज २ गते हेटौँडा अस्पतालाई सो प्रतिष्ठानअन्तर्गत ल्याएर सर्वसाधारण नागरिकहरुलाई तत्कालै स्वास्थ्य उपचार सेवालाई सुलभ बनाउने र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने कार्यमा लागेको भन्दै सो कार्य प्रशंसनीय रहेको बताउनुभयो । 

उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेर प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको उल्लेख गर्नुभयो । 

उहाँले प्रदेशका अस्पतालहरुलाई स्तरोन्नति गरी दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको तथा बेलाबेलामा आइपर्ने कोभिड–१९, डेङ्गु रोगलाई नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरिएको पनि जानकारी गराउनुभयो । 

उक्त अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको पुरानो जिल्ला अस्पताल हेटौँडालाई बिरामीको उपचार सेवाभन्दा बाहिर रिफर गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुहुँदै हेटौँडा अस्पताललाई अब भदन भण्डारी प्रतिष्ठानअन्तर्गत सञ्चालनमा ल्याइएपछि स्वास्थ्य सेवालाई भरपर्दो र तत्कालै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठानले विभिन्न चरणमा आफ्नो प्रयास जारी राखेको बताउनुभयो । 

उहाँले अब निकट भविष्यमा सो अस्पतालबाटै मिर्गौलाको प्रत्यारोपण र मुटु रोगको शल्यक्रिया गर्ने प्रकृतिको उपचार सेवाका लागि प्रयास हुनुपर्नेमा पनि जोड दिनुभयो । 

सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले बागमती प्रदेशको राजधानी हेटौँडाको अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा रुपान्तरण गरेर प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई तत्काल उपचार सेवा दिइने र सबै नागरिकलाई स्थानीय निकायको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पु¥याउन प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र विभिन्न उपकरणहरु उपलब्ध गराइसकिएको पनि बताउनुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी र डिन दुर्गकुमारी मिश्रले सो प्रतिष्ठानले हेटौँडामा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने, एमबिबिएस फार्मेसीलगायत अन्य विषयमा पनि उच्च शिक्षा अध्यापन गराउने उद्देश्यले हाल सो प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरी सम्बन्धित निकायमा पत्राचार भइरहेको बताउनुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहान हेटौँडा आउनुभएको हो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर