२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महन्थलाई राष्ट्रपति बनाउने प्रस्तावमा के भने देउवाले ?

२०७९, १० फाल्गुन बुधबार ०६:४९

फागुन १०, काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा समर्थन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । देउवाको धुम्बाराहीस्थित निवासमा भेटका लागि अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा सहितका नेता पुगेका थिए ।

कांग्रेसबाट सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी भएका थिए । छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले लोसपाले राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न आग्रह गरेको जानकारी दिए । ‘महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि बढाउने निर्णय गर्‍यौं । अरु पार्टीसँग पनि भेट गरिसक्यौं भनेर लोसपाका नेताहरू कांग्रेसँगको छलफलमा आउनुभएको थियो,’ खड्काले भने, ‘हामीले पार्टीको बैठकले सल्लाह गरेर एउटा टुंगोमा पुग्छौं भन्ने जवाफ दिएका छौं ।’  कांग्रेस आफैंले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेको भन्दै खड्काले पार्टीले बैठक गरेर उम्मेदवार घोषणा गर्ने जानकारी दिए । 

‘हामीले यसअघि नै सार्वजनिक रूपमा राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छौं,’ खड्काले भने, ‘पदाधिकारी वा केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरेर केही दिनमा हाम्रो उम्मेदवार सार्वजनिक गर्छौं ।’

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ । मनोनयनको १ दिनअघि मात्रै कांग्रेसले उम्मेदवार तय गर्ने जानकारी उनले दिए । भेटमा सहभागी भएका नेता अनिल झाले आफूहरूको आग्रहमा कांग्रेस सभापतिले पार्टीमा सरसल्लाह गरेर जवाफ दिने बताएको जानकारी दिए । ‘हामीले हाम्रो अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा जिताउन सहयोग गर्नुस् भनेर भेटेरै आग्रह गरेका छौं,’ झाले भने, ‘उहाँले पार्टीमा आवश्यक सरसल्लाह गरेर एउटा टुंगोमा पुग्छौं भन्नुभएको छ ।’ 

भेटका क्रममा देउवाले महन्थ सहमति गर्नका लागि उपयुक्त पात्र भएको बताए पनि कांग्रेसको पनि दाबी रहने बताएका थिए । ‘हामी आफैं पनि राष्ट्रपतिका लागि दाबेदार पार्टी हो तर हामीले उम्मेदवार अगाडि सारिसकेका छैनौं,’ देउवाको भनाइ उदृत गर्दै झाले भने, ‘सहमति जुटाउनका लागि महन्थजी राम्रो पात्र हो । हामी आफैं पनि दाबेदार रहेकाले पात्र अगाडि सारिसकेका छैनौं, हामी छलफलमै छौं ।’

नेता झाका अनुसार देउवाले लोसपा र कांग्रेस एउटै मोर्चामा रहेको भन्दै सहमतिको वातावरण बनाएर अगाडि जानुपर्ने बताएका थिए । पछिल्लो समय राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । यसैले यस्ता भेट नियमित भइरहेका छन् । लोसपाले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पनि राष्ट्रपतिमा ठाकुरलाई समर्थन गरेर जान आग्रह गरेको थियो । 

यसअघि अध्यक्ष ठाकुरसहितका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरिसकेका छन् । ठाकुर राष्ट्रपतिको उम्मेदवार भए जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने बुझाइ कांग्रेस, एमाले, माओवादी सबै दलमा छ । यसैले यी दललाई मिलाउन ठूला दल नै पहलकदमी लिइरहेका छन् । राष्ट्रपतिमा अहिलेसम्म कांग्रेस, एमाले र लोसपाले दाबी गरेका छन् । माओवादीसँग राष्ट्रपति चुनावको नतिजालाई जता पनि पल्टाउन सक्ने निर्णायक मत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले