१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपालले राष्ट्रपतिको प्रस्ताव आएको रिपोर्टिङ गर्नुभएन : झलनाथ खनाल

१० फाल्गुन २०७९, बुधबार ०९:२६

फागुन १०, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताएका बताए ।

बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पछिल्लो समय भएको भेटघाटबारे अध्यक्ष माधवकुमार नेपालले रिपोर्टिङ गरेको तर राष्ट्रपतिको प्रस्ताव आएको बारे केही नबोलेको बताए ।

‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा, भेटघाटको सन्दर्भमा रिपोर्ट गर्नुभयो, तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाहिँ, त्यस्तो रिपोर्टिङ भएन’ उनले भने, ‘त्यसको अर्थ अहिलेसम्म हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने जुन हल्ला छ नि त्यो हल्लामात्र रहेछ भन्नुपर्‍यो ।’

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । सो भेटमा नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेको एमाले स्रोतले बताएको थियो ।

नेता खनालले राष्ट्रपति निर्वाचनमा आफूहरुको पनि सरोकार रहेको भन्दै यसबारेमा छलफल सुरु गर्ने बताएका छन् । ‘हामीसँग पनि निकै ठूलो मत छ । हामी सबैसँग यसबारेमा कुराकानी गर्छौं’ उनले भने ।

नेता खनालले राष्ट्रपति चुनावमा एमालेसँग सहकार्य हुन सक्ने सम्भावना पनि रहेको औंल्याए । ‘यो सवाल कठिन कठिन सवाल छ । मिल्दै मिल्दैन कसरी भन्नु, मिल्छ भन्ने आधार तयार भएकै छैन’ उनले भने ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जग्गनाथ खतिवडाले पनि राष्ट्रपतिका बारेमा आफ्नो पार्टीलाई कुनै पनि व्यक्ति र पार्टीले प्रस्ताव नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक