१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवीन्द्र मिश्रको प्रस्ताव : ज्ञानेन्द्र शाहलाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?

१० फाल्गुन २०७९, बुधबार १०:३६

फागुन १०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि बढाउन सकिने प्रस्ताव गरेका छन्। राष्ट्रपतिको निर्वाचनपूर्व मिश्रले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रस्ताव गरेका हुन्।

'देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?' मिश्रले प्रश्न गरेका छन्।

ज्ञानेन्द्रले गरेको गल्तीलाई सुधार्ने मौका दिनुपर्नेसमेत तर्कसमेत मिश्रले गरेका छन्। 'अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?' मिश्रले भनेका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र शाहले एक वक्तव्य जारी गर्दै मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुको विकल्प छैन नरहेको बताएका थिए। यही विषय जोड्दै मिश्रले दलहरुले सहकार्यका लागि बिलम्ब गर्न नहुने सुझावसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक