१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

११ फाल्गुन २०७९, बिहीबार ०७:४८

फागुन ११, काठमाडौं | उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । 

उहाँले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने जानकारी दिनुभयो । आज उक्त खण्डको स्थलगत अनुगमनमा पुग्नुभएका उहाँले पत्रकारसँगको कुराकानीका क्रममा भन्नुभयो, “सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको थियो, केही समस्या थिए, समाधान निकालिसकिएको छ, केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्काे ठाउँमा बनाउने गरी हटाउने काम भएको र केही चौकी हटाइसकिएको छ, अब छिट्टै काम सुरु गर्छौं ।” 

उहाँले चिनियाँ राजदूतले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । अनुगमनका क्रममा उहाँसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत चिनियाँ दूताबास तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।  

सो क्रममा चिनियाँ राजदूत सोङले नेपाल सरकारले कामलाई तदारुकता दिएको पाइएकाले छिट्टै काम अघि बढाउने बताउनुभएको छ । यसअघि चीनले साइट क्लियर नगरेसम्म काम अघि नबढाउने बताउँदै आएकाले काममा ढिलाइ भइरहेको थियो ।

पत्रकारसँगको कुराकानीमा मन्त्री श्रेष्ठले स्वयम्भू अगाडिको समस्यालाई डिजाइनमै नयाँ तरिकाले समाधान गर्नुपर्ने गरी समझदारी भएको बताउनुभयो । “त्यहाँ सांस्कृतिक हिसाबले भत्काउन उपयुक्त हुँदैन भन्ने समझदारी भएको छ, डिजाइन फेरेर काम हुन्छ, पुलिसचौकी हिजै हटाइसकिएको छ, मन्दिरको समस्या समाधान भइसक्यो”, मन्त्री श्रेष्ठले भन्नुभयो, “अब मुलभूतरुपमा काम सम्पन्न हुने चरणमा गएको छ ।” 

उहाँले अहिलेसम्म वसुन्धरासम्मको सम्झौता भए पनि सकेसम्म महाराजगञ्ज हुँदै धोवीखोलासम्म सम्पन्न नगरिदिनुहोस् भनेर नेपाल सरकारले चीनसँग अनुरोध गरेको पनि जानकारी दिनुभयो ।

अनुगमनमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्नुपर्ने खम्बा एक–दुई ठाउँबाहेक सबै सारिसकिएको र बाँकी पनि १५ दिनभित्रमा सारिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो ठाउँबाट कहीँ पनि समस्या छैन ।” सडक निर्माणसँगै तार भूमिगतको काम जारी रहने उहाँले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा आठ दशमलव दुई किलोमिटर दोस्रो खण्डको काम हुनेछ । यसअघि पहिलो खण्डको कोटेश्वर–कलङ्की चक्रपथ सडक विस्तारको काम सम्पन्न भइसकेको छ । मुख्य लेन चीनको अनुदानमा निर्माण हुने भए पनि दायाँबायाँ ढललगायतका काम नेपाल सरकारले नै गर्नेछ । उक्त काम सुरु भइसकेको छ । 

उक्त सडक विस्तारका लागि दुई देशबीच सन् २०१८ जीटुजी सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार कलङ्कीदेखि वसुन्धराको कल्भर्टसम्म दोस्रो खण्डको सडक विस्तार गर्ने उल्लेख छ । नेपाल सरकारले चाबहिल नजिक रहेको धोवीखोला पुलसम्म विस्तार गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक