फागुन ११, काठमाडौं | प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार बसेको बैठक करिब एक घण्टा बसेर सकिएको हो । आगामी राष्ट्रपतिको निर्वाचनको विषयलाई प्रधानमन्त्री प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।
एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपतिको रुपमा अघि सारेपछि नेपाल प्रचण्डलाई भेट्न सिंहदरबार गएका हुन् । प्रचण्डलाई भेटेर नेपालले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ । राष्ट्रपतिको चुनावको उम्मेदवारी दर्त फागुन १३ गते हुने भएपछि लविङका लागि नेताहरुले प्रचण्डलाई भेटेर सहयोग गर्न आग्रह गरिरहेका छन् ।