२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उत्पादन भएको कति समयसम्म खान योग्य हुन्छ अण्डा ?

२०७९, ११ फाल्गुन बिहीबार १०:०४

फागुन ११, काठमाडौं | नेपालीको दैनिक उपभोग्य वस्तुमा अण्डा पनि पर्छ । तयार गर्न छरितो, प्रोटिनको प्रचुर स्रोत पनि पाइने भएकाले अण्डाको परिकार नेपालीको रोजाइमा परेको छ ।

नेपालीले अधिक रोजाईमा परिरहँदा र अधिक उपभोग गरिरहेको खाद्य पदार्थ अण्डा कत्तिको स्वस्थ्यकर छ ? अण्डा उत्पादन भएको कति समयसम्म खान योग्य छ ? अण्डाको म्याद कहिलेसम्म रहन्छ त ? जस्ता सामान्य प्रश्नको जवाफ पनि धेरै कमैलाई थाहा होला ।

अण्डा उत्पादन भएको मितिले १५ दिनसम्म मात्रै खानयोग्य हुने जानकारहरु बताउँछन् । कोल्ड स्टोरमा सुरक्षित राखिएका अण्डा कम्तीमा १ महिनासम्म खानयोग्य भए पनि १ महिना नाघेका अण्डा स्वास्थ्यका लागि घातक हुन् ।

उत्पादन मितिले १ महिनादेखि बिक्री नहुन्जेल महिनौंपछि प्रयोग गरिनु हुन्न । त्यस्ता अण्डा नष्ट गर्नुपर्छ । अझै, हामीले खरिद गर्ने अण्डामा त उत्पादन मिति र उत्पादनकर्ता को हो ? उत्पादन कम्पनीको विवरण नै राखिएको हुन्न ।

पशुपन्छी कल्याणको क्षेत्रमा काम गर्दै आएको ‘एनिमल नेपाल’ले बुधबार होटल व्यवसायी संघ (हान), नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान)आबद्ध व्यवसायी र सञ्चारकर्मीसँग पोखरामा अन्तक्र्रिया गरेको थियो ।

‘सबै उपभोक्ता लागेर सरकारलाई घचघच्याउनुपर्छ । बल्ल नीति परिवर्तन हुन्छ । अण्डा उत्पादन भएपछि १५ दिनसम्म मात्रै प्रयोग गर्नुपर्छ । ‘कन्जुमर फोरम’ले यसबारे कुरा उठाउनपर्छ,’ एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले भनिन्, ‘केही पनि नसोध्ने चलन छ ।’

दर्ता नभई चलेका पोल्ट्री व्यवसायीलाई दर्ताको दायरामा ल्याएर उत्पादन गरिएका सामग्रीको उत्पादन मिति अनिवार्य राख्नुपर्ने शर्त हुनुपर्ने व्यवसायी कमल थापाले बताए । व्यवसायीले क्यारेट अण्डा किन्दा पहिले नै यति बिग्रको छ भनेर छुट्याएर राख्नुपर्ने होटल सञ्चालक थापाले सुनाए ।

‘पहिले नै यति सामान बिग्रिएको छ भनेर मेनुको मूल्य बढाउनुपर्ने हुन्छ । यसले मेनु पनि बढेको छ । १६ देखि १७ प्रतिशत त पहिले नै बिग्रको छ भनेर छुट्याउनुपर्छ,’ उनले भने, ‘यसले मेनुको मूल्य बढाउनुपर्ने बाध्यता आइलाग्यो ।’

अन्तक्र्रियामा स्वथ्यकर अण्डाका लागि कुखुरालाई पिँजडामा खजमज्याएर राख्न नहुने विषय पनि उठेको थियो । कुखुरालाई पिँजडामा कोचेर राख्दा त्यसले दिने उत्पादन समेत स्वथ्यकर नहुने एनिमल नेपालकी कार्यक्रम संयोजक मधु कट्टेलले बताइन् ।

‘कुखुरालाई केजमा कोचेर राख्नु राम्रो होइन । यसले गर्दा राम्रो अन्डा उत्पादन हुन सक्दैन,’ उनले भनिन्, ‘स्वस्थ्य अन्डा उत्पादनका लागि केजमा होइन, कुखुरालाई खुला छोड्नुपर्ने हुन्छ ।’ संयोजक कट्टेलले अण्डा दिन छोडेका कुखुरा र पिँजडामा थुनेका कुखुरा थुन्न नहुने सुझाइन् । अण्डा उत्पादन मिति सोधेर १५ दिन नाघेका अण्डा उपभोग नगर्नुपर्ने समेत उनले थपिन् ।

व्यवसायी शिव अर्यालले अण्डा उत्पादन गर्ने कुखुराको वर्गिकरण गर्नुपर्ने बताए । व्यवसायी विकल तुलाचनले पशुपन्छि अधिकारका लागि उपभोक्तालाई सूसुचित गर्नुपर्ने बताए । जनस्तरमा चेतना नफैलिएसम्म यस्ता कार्यक्रम उपलब्धिमूलक नहुने उनको भनाइ थियो ।

उपभोक्ता अधिकार मञ्ज गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले संसारभर नै सबैभन्दा बढी उपभोग हुने खाद्यपदार्थमा कुखुराको मासु र अण्डा पर्ने बताए ।

‘कुखुराको मासुमा एन्टिबायोटिकको औषधी दिँदा त्यो बढी एन्टिबायोटिकको असर उपभोक्ताको मुखसम्म आइपुगको छ ।यति धेरै असर हुन्छ कि मानव शरीरलाई चाहिने भन्दा ८ गुणा बढी,’ उनले भने, ‘कुखुराको मासु र अण्डामार्फत मानव शरीरमा प्रवेश गरेको हुन्छ । त्यो भएर कुखुरलाई चाँडो हुर्काएर नाफा निकाल्न खोज्दा मानव स्वास्थ्यमा ठूलो हानी पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले