२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वकप लिग २: सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रोमा उक्लिए

२०७९, १८ फाल्गुन बिहीबार ११:४५

फागुन १८, काठमाडौँ | विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ ।

नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट लिएका सन्दीपले यूएईको श्रृंखलामा पहिलो म्याच गुमाएका थिए । आज भएको दोस्रो म्याचमा उनले आफ्नो लय कायम राख्दै शानदार प्रदर्शन गर्न सफल भए । सन्दीपले केवल २७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

लिग २ मा सर्वाधिक विकेट लिने बलरको सूचीमा ओमानका बिलाल खान छन् । उनले ३५ म्याचमा ७६ विकेट लिइसकेका छन् । विलालभन्दा १० म्याच कम खेलेका सन्दीपले ५८ विकेट लिँदै दोस्रो स्थान बनाएका हुन् । अमेरिकाका एसएन नेत्रभल्करले पनि ५८ विकेट नै लिएका छन्, तर उनको भन्दा सन्दीपको स्ट्राइक रेट राम्रो छ । नेत्रभल्करले पनि सन्दीपभन्दा १० म्याच बढी खेलेका छन् ।

सन्दीपले १५.५५ को औसत र ३.९४ को इकोनोमीमा बलिङ गरिरहेका छन् । उनको औसत लिग २ मा बलिङ गर्ने सबै देशका बलरहरूको भन्दा राम्रो छ । सन्दीपले अब लिग २ अब बढीमा ६ म्याच खेल्न सक्छन् । सूचीको पहिलो स्थानमा आउन उनले ६ खेलमा १९ विकेट लिनुपर्ने हुन्छ, जुन निकै कठिन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति