२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई स्थानीयले रोके

२०७९, १८ फाल्गुन बिहीबार ११:५२

फागुन १८, काठमाडौँ | भक्तपुरको बहुचर्चित नगरकोट सडकको बिहीबार अनुगमनमा पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले रोकेका छन्। 

भक्तपुरको नगरकोट सडकअन्तर्गत सल्लाघारीदेखि गाडीमा आएका श्रेष्ठको टोलीलाई बास्कोटाले टोलीवासीले रोकेका हुन्। 

सडकको अवस्थाको अवलोकन गर्न मन्त्री आएको थाहा भएपछि तेलकोटभन्दा एक किलोमिटरमाथि स्थानीय सडकमा आएर सवारीलाई रोकका हुन्। 

स्थानीयले बाटोमा पुगेर सवारीलाई रोक्न खोजेपछि प्रहरीले उनीहरूलाई हटाउन खोजेका थिए। तर हटाउन नसकेपछि गाडी रोकिएको थियो। घटना थाहा पाएपछि उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली बाहिर आएको थियो। 

गाडीबाट बाहिर आएर उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयको दुखेसो सुनेका थिए। स्थानीयको आक्रोश देखेपछि उनले सडक अब छिटै बन्ने प्रतिवद्धता जनाई गाडीमा चढेका थिए। 

तर आक्रोशित भीडले जतिपटक मन्त्री अनुगमन आउने गरे पनि केही नभएको, यसका लागि पुराना पार्टीको भर छैन। रवि लामिछाने, बालेन शाह आउनुपर्छ भनेपछि गाडी चढेका मन्त्री भीडमा आएका थिए। 

भीडमा पुगेपछि मन्त्री श्रेष्ठ र स्थानीयवीच भनाभन परेको थियो। त्यहाँ झण्डै आधा घण्टा स्थानीयसँग रोकिएको थियो। सल्लाघारीदेखि नगरकोटसम्मको सडकमा पुगेर श्रेष्ठले सडकको अवस्थाबारे अनुगमन गरेका थिए। 

साढे ९ बजेदेखि साढे ११ सम्म उनले सडकमा बिताएका थिए। मन्त्री श्रेष्ठको टोली नगरकोटसम्मै पुगेको थियो। उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालाहरू अनुगमनमा सहभागी थिए। अनुगममको क्रममा भारतीय राजदुतको पनि सहभागिता रहेको थियो। 

विभिन्न नगरपालिकाका प्रमुखहरू, जिल्लाका सुरक्षा प्रमुखहरू, वडा अध्यक्षहरूसमेत नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। 

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो। 

सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए। दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि नौ वर्षसम्म पनि नहुँदा मन्त्री श्रेष्ठ अवस्था बुझ्न पुगेका हुन्

सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ। भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो। सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति