११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘राष्ट्रपतिका उम्मेदवार संविधानको पालना र अभिभावकीय भूकिा निर्वाह गर्ने व्यक्तित्व हुनुपर्छ’

१९ फाल्गुन २०७९, शुक्रबार ०९:२४

फागुन १९, पोखरा | राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ राजनीतिक दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रद्वारा पोखरामा आयोजित अभिमुखीकरण  कार्यक्रमका वक्ताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँहरुले आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुभएको व्यक्तित्व भएको चर्चा गर्नुभयो । कार्यक्रमका वक्ताहरूले आसन्न राष्ट्रपति निर्वाचनमा पौडेल राष्ट्रपति पदमा विजयी हुने विश्वास व्यक्त गर्र्नुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सातदशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सङ्घर्षरत वरिष्ठ नेता पौडेल नेपाली राजनीतिको अभिभावकीय व्यक्तित्व भएकाले उहाँलाई आठ दलका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाइएको बताउनुभयो । राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमतिको प्रयास गरिएपनि त्यो सम्भव हुन नसकेको बताउँदै उहाँले आठ दलबीच सहमति भएर उम्मदेवारी प्रस्तुत गरेको बताउनुभयो । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनपछि पनि दलहरूबीचको यो एकता प्राप्त उपलब्धिको रक्षा, मुलुकको स्थिरता र स्थायित्व कायम गर्नका लागि निरन्तर कायम रहेन उहाँको भनाइ थियो । 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले यो गठबन्धन केबल निर्वाचनमा मतदानका लागि मात्र नभई देशको समस्यालाई समाधान गर्दै अघि बढ्नका लागि भएको बताउनुभयो । उहाँले आठ दलीय गठबन्धनमा अन्य दल पनि थपिने सम्भावना रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले राष्ट्रपतिका उम्मेदवार पौडेललाई विजयी गराउन प्रदेशका गठबन्धनमा रहेका दलहरू सबै प्रतिबद्ध भएको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले राष्ट्रपतिका उम्मेदवार पौडेल नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित व्यक्तित्व एवं अभिभावक भएको बताउनुभयो ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले निर्वाचनपछि केही समय अलमलजस्तो बनेको देशको राजनीति अहिले प्राकृतिक बाटोमा अघि बढेको बताउनुभयो । आठ दलका साझा उम्मेदवार पौडेललाई अत्यधिक मतसहित विजयी गराउन दलहरू एकताबद्ध भई अघि बढ्ने उहाँको भनाइ थियो

नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले लामो समयदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका पौडेलको उम्मेदवारी गण्डकी प्रदेशका लागि पनि गौरवको विषय भएको छ भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने गठबन्धन दलका प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली