१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली सेनामा खुल्यो रोजगारी, कुन पदमा कति ?

१९ फाल्गुन २०७९, शुक्रबार ०९:४२

फागुन १९, काठमाडौँ | नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ । मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ । जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग भएको छ ।

महोत्तरीबाट ५२ जनाका लागि भर्ना खुलेको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको मागभएको छ । सफाइकर्मीमा ८ जनाको माग गरिएको छ । हेटौंडाबाट समेत ५२ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । पोखराबाट ५४ जनाको माग भएको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ ।

बुटवलबाट ५४ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । सुर्खेतबाट कुल ५४ जनाको माग भएको छ । कैलालीबाट ५३ जनाको माग आएको छ । उपत्यकामा नारायणहिटीबाट ५३ जनाको माग गरी दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।

१९ चैतसम्म आवेदन दिन सकिने

नेपाली सेनाले १ महिनाको अवधि राखेर दरखास्त मागेको छ । अर्थातः १९ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर चैत २६ सम्म आवेदन दिने सकिने भएको छ । दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइने भएको छ । सोही केन्द्रमा बुझाउनु पर्ने समेत सेनाले जनाएको छ । फाराम शुल्क १ सय रुपैयाँ तोकिएको छ । यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने भएका छन् । १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्ने समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ