१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले प्रचण्डलाई पाँचैवर्ष प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउन तयार थियो : गगन थापा

१९ फाल्गुन २०७९, शुक्रबार ०९:५६

फागुन १९, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग मिल्ने कुरा अहिलेसम्म कुनै प्रसंगमा पनि प्रवेश नगराएको बताएका छन् ।

रामचन्द्र पौडेललाई राष्ट्रपति जिताउन वागमतीका गठबन्धनका सांसदहरूलाई ८ दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँचवर्ष अहिले भएको सहमति कार्यान्वयन हुने बताए ।

राष्ट्रपतिको चुनावपछि कांग्रेस नेतृत्वको सरकार बन्ने चर्चा चलिरहेको बेलामा उनले एमालेलाई लक्षित गर्दै भने, ‘यो पाँचवर्ष सहमति कार्यान्वयनका सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेस लाग्छ । यो राजनीतिक इमानदारिताको कुरा पनि हुन्छ । त्यसैले कांग्रेससँग कोही चकचक गर्न नआए हुन्छ । चल्न नआए हुन्छ । पाँचवर्ष सहमति अनुसार कहि कतै अल्मलाउन नआए हुन्छ ।’

उनले चुनावपछि पाँच दलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए ।

उनले भने, ‘अहिले हामी त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । त्यसैले गर्दा अहिले हाम्रो नेता कार्यकर्ता सबै खुसी हुनुहुन्छ । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ ।’

उनले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठुलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताए ।

उनले भने, ‘माओवादीले उपराष्ट्रपति पनि पाउँथ्यो । उस्तै परेको भए एमालेकै समर्थनमा पाँचैबर्ष प्रधानमन्त्री पनि हुन्थ्यो । ल्याप्चे, तमसुक केके गर्दिन पर्नेहो उठेर बसेर सबै गर्दिन्थ्यो। प्रधानमन्त्री हुने कुरा तलमाथि भए होस् तर जुन उद्देश्यका साथ गठबन्धन बनाएको त्यो पुरा गर्छु भनेर प्रधानमन्त्रीजीले नआँटेको भए यो अवस्था आउने थिएन ।’

उनले एमालेले गठबन्धन जोगाउन माधव नेपाललाई राष्ट्रपति मात्रै नभएर पार्टी अध्यक्ष नै दिने अवस्थामा पुगेको जिकिर गरे ।

उनले भने, ‘माधव नेपाललाई एमालेले यतिखेर मिलाएर राष्ट्रपति बनाउने कुरा मात्रै होइन। अन्तिम अन्तिममा मेरो अनुमान एमालेको अध्यक्ष नै बनाइदिनुपर्छ भनेको भए पनि ल हुन्छ भन्ने अवस्था बन्थ्यो होला। माधव नेपाल ती सबै कुरा छाडेर आउन तयार नभएको भए यो अवस्था बन्दैथ्यो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ