२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले रेशम चौधरीलाई भन्यो – पावर सेयरिङ गर्न तयार छौं, राष्ट्रपतिमा सघाउनुहोस्

२०७९, १९ फाल्गुन शुक्रबार १०:२३

फागुन १९, काठमाडौँ | नेकपा एमालेका नेताहरूले राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई मत माग्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार बिहान चौधरी भेट्न एमाले नेताहरू डिल्ली बजार कारागार पुगेका  थिए।

एमाले नेताहरू योगेश भट्टराई,कृष्णगोपाल श्रेष्ठ र भगवति चौधरी कारागार पुगेर नेम्बाङलाई मत दिन आग्रह गरेका हुन् । एमालेका एक नेताले चौधरीलाई भेटेर राष्ट्रपतिमा नेम्बाङज्यूलाई सहयोग गर्न आग्रह गरेको बताए।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस र एमालेका नेताहरू आ-आफ्ना उम्मेदवार विजय गराउन विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट गरिरहेका छन्।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले  उम्मेदवारी दिएका छन्। राष्ट्रपति निर्वाचन यही फागुन २५ मा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई