2026-10-20 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम

काठमाडौँ | अहिले देशभरिको मौसममा बदली भई सातै प्रदेशका विभिन्न जिल्लामा हल्का वर्षा भइरहेको छ। पश्चिमी र स्थानीय वायुका साथै नेपाल नजिकैको तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा देशका विभिन्न भागमा हावाहुरी, असिना र चट्याङसहित मध्यम वर्षाको सम्भावना देखिएको छ। मौसममा आएको यो फेरबदलका कारण सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

विशेष गरी मधेस प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही नजिकैको भारतीय क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने शक्तिशाली प्रणाली विकसित भइरहेको छ। उक्त प्रणाली उत्तर-पूर्वतर्फ सरिरहेकाले ती जिल्ला र आसपासका क्षेत्रमा उच्च सावधानी अपनाउनु पर्ने देखिएको छ। हाल लुम्बिनी प्रदेशमा पूर्णतया बदली रहेको छ भने गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था छ।

अहिले लुम्बिनी प्रदेशका केही स्थान र गण्डकी तथा कर्णाली प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी भू-भागमा पनि आंशिक बदली रहेको छ। वर्षासँगै आउन सक्ने हावाहुरी र चट्याङले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्क रहन सूचना जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ