2026-09-30 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम

काठमाडौँ | अहिले देशभरिको मौसममा बदली भई सातै प्रदेशका विभिन्न जिल्लामा हल्का वर्षा भइरहेको छ। पश्चिमी र स्थानीय वायुका साथै नेपाल नजिकैको तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा देशका विभिन्न भागमा हावाहुरी, असिना र चट्याङसहित मध्यम वर्षाको सम्भावना देखिएको छ। मौसममा आएको यो फेरबदलका कारण सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

विशेष गरी मधेस प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही नजिकैको भारतीय क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने शक्तिशाली प्रणाली विकसित भइरहेको छ। उक्त प्रणाली उत्तर-पूर्वतर्फ सरिरहेकाले ती जिल्ला र आसपासका क्षेत्रमा उच्च सावधानी अपनाउनु पर्ने देखिएको छ। हाल लुम्बिनी प्रदेशमा पूर्णतया बदली रहेको छ भने गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था छ।

अहिले लुम्बिनी प्रदेशका केही स्थान र गण्डकी तथा कर्णाली प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी भू-भागमा पनि आंशिक बदली रहेको छ। वर्षासँगै आउन सक्ने हावाहुरी र चट्याङले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्क रहन सूचना जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही